सामग्रीमा जानुहोस्

रामपुर नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रामपुर नगरपालिका
रामपुर नगरपालिका is located in लुम्बिनी प्रदेश
रामपुर नगरपालिका
गण्डकी प्रदेशको नक्सामा रामपुर नगरपालिकाको अवस्थिति
रामपुर नगरपालिका is located in नेपाल
रामपुर नगरपालिका
रामपुर नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°४६′१२″N ८३°५५′२६″E / 27.770111°N 83.923796°E / 27.770111; 83.923796
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लापाल्पा
स्थापित२०७१ वैशाख २५
सरकार
 • नगरप्रमुखरमणबहादुर थापा (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखबालकुमारी थापा (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१७५.८८ किमी (६७.९१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४०,८८३
 • घनत्व२३०/किमी (६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-७५
केन्द्रसाविकको रामपुर गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

रामपुर नगरपालिका पाल्पा जिल्लाका २ वटा नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा साविकका रामपुर, गेझा, खालीवन, दर्छागाडाकोट गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रामपुर नगरपालिकाको कुल जनसङ्ख्या ४०,८८३ रहेको छ भने यहाँ ११,३६३ घरधुरी रहेका छन्।[]

भौगोलिक अवस्थिति

[सम्पादन गर्नुहोस्]

जिल्ला सदरमुकाम तानसेन देखी ६५ किलोमिटर पूर्वमा पर्ने यस रामपुर नगरपालिका राजधानी काठमाडौँ देखि पक्कि सडक हुंदै करिब ३७५ कि.मी.को दुरीमा छ भने प्रसिद्ध केलादी घाटमा निर्माण भएको पक्की पुल सुचारु भएपछि रामपुर काठमाडौँको दुरी छोटिएर २५० कि.मी. दुरी बनेको छ। यसको भौगोलिक अवस्थितिमा २७ डिग्री ३३ मिनेट देखी २७ डिग्री ५३ मिनेट उत्तरी अक्षांश र ८३ डिग्री ४६ मिनेट देखी ८३ डिग्री ५४ मिनेट पूर्वि देशान्तरमा रहेको छ। समुन्द्री सतहबाट ३५० मिटर देखी ११०० मिटर उचाईमा रहेको रामपुर नगरपालिकाले १२३.५ वर्ग कि.मि. क्षेत्र ओगटेको छ। पूर्वमा वाकामलाङ, पश्चिममा हेक्लाङ, सिलुवा, विरकोट उत्तरमा काली नदी पारी स्याङ्गजाको चापाकोट नगरपालिका, साँखर गाविस, तनहुँको गजरकोट गाविस र दक्षिणमा पाल्पा जिल्लाको सहलकोट, झिरुवास, गल्धा गाविस सिमानामा रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. "गाउँपालिका र नगरपालिका कायमगर्ने गरी उक्त एकाईहरूको नाम, संख्या, सीमाना, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]