सामग्रीमा जानुहोस्

भक्तपुरको युद्ध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भक्तपुरको युद्ध
नेपालको गोर्खाली विजयीको भाग

भक्तपुर दरबार क्षेत्र, शाही दरबार जटिल, १८५४ मा
मिति१७६९
स्थान
परिणाम गोर्खाली विजय
योद्धा
भक्तपुर राज्य
चौदण्डी
गोर्खाली
सेनापतिहरू
रणजीत मल्ल पृथ्वीनारायण शाह
शक्ति
अज्ञात २०,०००
मृत्यु र क्षति
२,००१ जना मारिए
५०१ घर आगोको सेट
अज्ञात
भक्तपुरको युद्ध is located in नेपाल
गोर्खा
गोर्खा
भक्तपुर
भक्तपुर
वर्तमान समयमा नेपालमा स्थान

भक्तपुरको युद्ध नेपालको गोर्खा विजयमा अन्तिम अभियान थिए। []

गोर्खाली आक्रामणबाट कान्तिपुर र ललितपुरका राजाहरु जयप्रकाश मल्लतेज नरसिंह मल्लले भक्तपुरमा शरण लिन जाँदा रणजीत मल्लले टोलका सारा प्रजापञ्चहरूको भेला डाकी उनीहरूकै राय बमोजिम तिनीहरूलाई सरण दिएका थिए ।[] वि सं १८२५ आश्विन २४ गते कान्तिपुर र पाटनका राजाहरूले भक्तपुर मा राजनीतिक शरण लिए । रणजित मल्लले चौदण्डी र विजयपुरसँग सैनिक सहयोग याचना गरे । तर चौदण्डीको सानो शक्तिबाहेक सबै योजना निष्फल भएको हुनाले शरणको मरण हुन नदिने भन्ने नीतिका साथ एक्लै गोरखालीसँग युद्ध गर्ने निर्णय रणजीत मल्लले आफ्ना प्रजाहरूबाट लिए । अन्त्यमा वि सं १८२६ मङ्सिर १ गते भक्तपुर गोरखामा मिल्यो ।

वि.सं. १८२६ कार्तिक २८ गते (१० नोभेम्बर १७६९) भक्तपुर दरबारको पूर्वाद्वारबाट शूरप्रताप शाहको अगुवाइमा गोर्खाली सेना भक्तपुरभित्र घुसे।[]

भक्तपुरका राजा रणजित मल्ल पृथ्वीनारायणका मीतबाबु थिए। ७५ वर्षका मीतबाबुलाई गद्दीच्युत गर्ने पक्षमा उनी थिएनन्। उनले जोरी खोज्ने जयप्रकाश मल्ललाई जितिहाले, टेढिएर बसेका जबर पाटनका प्रधान वश भइहाले। ढिलोचाँडो भक्तपुर हात नलाग्ने सवालै थिएन।

बुढेसकालमा मीतबाबुलाई किन दुःख दिनु, बनेपामा राजाकै जीवन विताउन दिने पृथ्वीनारायणको विचार थियो। रणजित मल्लका उत्तराधिकारी वीरनरसिंह एक मात्र औरसपुत्र (विवाहिते पट्टिका) थिए। तिनलाई मठ्याहा (ल्याइतेपट्टिका) अजितसिंह–अवधूतसिंहहरूले टुनामुना गरेर मारिसकेका थिए।

पुत्रशोकले प्रताडित राजा रणजित मठ्याहा छोरालाई युवराज बनाउने पक्षमा थिएनन्। बरु मीत छोरा पृथ्वीनारायणलाई राजा भएको हेर्न चाहन्थे। त्यसैले उनले 'मेरा दुई छोरा थिए, एक प्रयोगमा परेर वितेपछि तिमी एक मात्र मीतछोरा बाँकी रह्यौ, यो राज्य अब तिम्रै भयो' भनेर पहिल्यै भनिसकेका थिए।

यो कुरा राम्ररी बुझेका पृथ्वीनारायणमा भक्तपुरबारे कत्ति पनि चिन्ता थिएन, जित्ने हतारोमा पनि थिएनन्। उनी जयप्रकाश र तेजनरसिंहलाई पनि थकाएर, फकाएर आत्मसमर्पण गराउन चाहन्थे।

यस विषयमा उनले मीतबाबुलाई लेखेर पठाइसकेका थिए। रणजित मल्लले 'म सनातन धर्मको पक्षपाती हुँ, शरण पर्न आएका राजालाई सुरुक्क कसरी सुम्पनु! मेरो धर्म पुग्दैन, शरणको मरण कसरी गरौं, तिमी नै भन' भनेर प्रत्युत्तर पठाएका थिए।

राजा जयप्रकाश मल्ल भने पाटनका प्रधानहरूलाई जस्तै फेरि अंग्रेजबहादुर सहायता गर्न अवश्य आउँछ, गोरखालीलाई धपाएर हामीलाई नै राजगद्दीमा बसाउँछ अनि तिमीहरूलाई भक्तपुरको उत्तराधिकारी बनाउँला भनेर रणजीतका मठ्याहा छोरा अजितसिंह र अवधूतसिंहलाई उक्साई आत्मसमर्पण नगर्न जोड लाइराखेका थिए।

कम्पनीका अधिकारीहरूले नेपाल जित्न दोस्रोपटक नजाने निर्णय लिइसकेका थिए। जयप्रकाश मल्लले अंग्रेजसँग ढिपी लाइराखेका थिए र रणजितलाई पनि आत्मसमर्पण गर्न दिइरहेका थिएनन्।

उनी यता पूर्व चौदण्डी, विजयपुरसँग पनि धनबल, जनबल सहायता मागेर युद्ध लड्ने सुरमा थिए। जयप्रकाश मल्लकै जिद्दीले तिनीहरू त्यहाँ अडेर बसेका थिए। यता पृथ्वीनारायणले ढिलोचाँडो मीतबा मिल्न आउँछन् भन्ने सोची आफूले जितेका देशमा सुव्यवस्था कायम गर्दै वसन्तपुर दरबार निर्माणमा एक वर्ष विताए।

पृथ्वीनारायणले भाइ शूरप्रताप र अर्का काजीको नेतृत्वमा भक्तपुर घेरा हाल्न सैन्यदल पठाएका थिए। वरिपरि सबै गाउँ अधीनमा पारेको एक वर्षमा पनि शहरको चालचुल केही नहुँदा राजा बन्न हतारिएका शूरप्रतापले दरबारै घेर्न आदेश दिए। दरबारमा दहसन हुँदा जयप्रकाश प्रतिकार गर्दै थिए।

सुरक्षाको लागि तलेजु मन्दिरको भर्‍याङ उक्लन खोज्दा कसैले चलाएको गोली गोडामा लागेर जयप्रकाश ढले। उनै थिए त्यहाँ हाँक पारेर लड्ने। उनी ढलेपछि अरूले आत्मसमर्पण गर्नु सिवाय अरू उपाय रहेन। रणजित मल्लका अनुमतिले उनका अंगरक्षकले आफ्नो पगरी फुकालेर झयालबाट तल झुण्ड्याइदिए। तत्काल हानाहान बन्द भयो।[]

आत्मसमर्पणको सूचना पाउनासाथ पृथ्वीनारायण शाह गएर जयप्रकाशलाई उनकै इच्छा बमोजिम गुह्येश्वरी पठाइदिए। उनी त्यतै बिते। रणजित मल्ललाई उनकै इच्छामुताविक ससम्मान काशीबास पठाए।

पृथ्वीनारायण भक्तपुरको राजा हुन हतारिएका कान्छा भाइ शूरप्रतापले विजयको खुसीयालीमा शिरोपाउसम्म पाएनन्। शहरमा युद्ध छेडेको भनेर पृथ्वीनारायण उल्टो रिसाए। त्यसैले तीनै भाइ बहिता लागे। मल्ल राजाहरूले जस्तै राज्य टुक्र्याउन चाहँदैनथे ।

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Hamilton, Francis Buchanan (१८१९), An Account of the Kingdom Of Nepal and of the Territories Annexed to This Dominion by the House of Gorkha, Edinburgh: Longman, अन्तिम पहुँच २२ नोभेम्बर २०१२  Page 186.
  2. मध्यकालको हाम्रो नेपाल : विकास त भएकै हो तर राजनीति धेरै छाडा ! https://hamrakura.com/news-details/32942/2017-11-11
  3. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: १७९, आइएसबिएन 99933-2-406-X 
  4. पृथ्वीनारायणले नचाहेको विधिबाट भक्तपुर सर

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]