पारलैङ्गिक व्यक्ति
जन्मँदा यौनाङ्गका आधारमा इङ्गित गरिएको लिंगसँग मेल नखाने लैङ्गिक पहिचान भएका व्यक्तिहरू अथवा जन्मँदा इङ्गित गरिएको लैङ्गिकता भन्दा फरक लैङ्गिक पहिचान भएका व्यक्तिहरू पारलैङ्गिक (अङ्ग्रेजी: Transgender) व्यक्ति हुन् । [१] [२] [३] [४]
पारलैङ्गिक महिला
[सम्पादन गर्नुहोस्]पारलैङ्गिक महिला (Transgender Female / Trans woman ) भन्नाले महिला लैङ्गिक पहिचान भएका ती व्यक्तिहरू जसको जन्मँदा यौनाङ्गको आधारमा पुलिङ्गी इङ्गित गरिएको थियो भनी सम्झनु पर्छ । पारलैङ्गिक महिलाहरू जन्मदाँ पुलिङ्गी इङ्गित गरिएका हुन्छन् । शिश्न लिएर जन्मेका हुनाले समाजले उनीहरूलाई केटा वा बालक भनेर इङ्गित गर्दछ, र हुर्कने बढ्ने क्रममा हुने लैङ्गिक अनुभव र प्रस्तुतीकरणको हकमा केटी वा महिलाको गुण विकास हुन्छ र आफूलाई महिला भनी पहिचान गर्दछन् ।
पारलैङ्गिक पुरुष
[सम्पादन गर्नुहोस्]पारलैङ्गिक पुरुष (Transgender Male / Trans man ) भन्नाले पुरुष लैङ्गिक पहिचान भएका ती व्यक्तिहरू जसको जन्मँदा यौनाङ्गको आधारमा स्त्रीलिङ्गी इङ्गित गरिएको थियो भनी सम्झनु पर्छ । पारलैङ्गिक पुरुषहरू जन्मदाँ स्त्रीलिङ्गी इङ्गित गरिएका हुन्छन् । योनी लिएर जन्मेका हुनाले समाजले उनीहरूलाई केटी वा बालिका भनेर इङ्गित गर्दछ, र हुर्कने बढ्ने क्रममा हुने लैङ्गिक अनुभव र प्रस्तुतीकरणको हकमा केटा वा पुरुषको गुण विकास हुन्छ र आफूलाई पुरुष भनी पहिचान गर्दछन् ।
हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- पारलैङ्गिक व्यक्तिहरूको अधिकार
- पारलैङ्गिक दृश्यताको अन्तर्राष्ट्रिय दिवस
- पारलैङ्गिक पहिचानको रोगिकरण विरुद्धको अन्तर्राष्ट्रिय कार्य दिवस
- पारलैङ्गिक स्मृति दिवस
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ "यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता (यौभिकयौता) : आधारभूत अवधारणा", क्वयेर युथ ग्रुप र क्याम्पेन फर चेन्ज, मूलबाट ०३ जनवरी २०२१-मा सङ्ग्रहित।
- ↑ "यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताको अवधारणागत बुझाई", क्वयेर युथ ग्रुप।
- ↑ "Transgender Fact Sheet", UN Free & Equal।
- ↑ "पारलैङ्गिक तथ्य पत्र", क्वयेर युथ ग्रुप।