सामग्रीमा जानुहोस्

पाटन नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पाटन नगरपालिका
पाटन नगरपालिका is located in सुदूरपश्चिम प्रदेश
पाटन नगरपालिका
सुदूरपश्चिम प्रदेशको नक्सामा पाटन नगरपालिकाको अवस्थिति
पाटन नगरपालिका is located in नेपाल
पाटन नगरपालिका
पाटन नगरपालिका (नेपाल)
निर्देशाङ्क: २९°३५′४९″N ८०°३१′४९″E / २९.५९७०°N ८०.५३०२°E / 29.5970; 80.5302निर्देशाङ्कहरू: २९°३५′४९″N ८०°३१′४९″E / २९.५९७०°N ८०.५३०२°E / 29.5970; 80.5302
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबैतडी
स्थापित२०७१ मङ्सिर १६
सरकार
 • नगरप्रमुखगौरीसिंह रावल (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखकमलसिंह बोहरा (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा२१९.२६ किमी (८४.६६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२९,२३०
 • घनत्व१३०/किमी (३५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०९५
वेबसाइटआधिकारिक वेबसाइट

पाटन नगरपालिका बैतडी जिल्लाका ४ नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ मङ्सिर १६ मा, नगरपालिका घोषणा गर्दा ‍पाटन, सकार, सिलङ्गा, भुमेश्वर, गुजरवसन्तपुर गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा कैलपाल, सिद्धेश्वर र सिद्धपुर गाविसहरू यसमा गाभिएका थिए।

संक्षिप्त परिचय

[सम्पादन गर्नुहोस्]

नेपालको सुदूरपश्चिम क्षेत्रमा स्थित पाटन नगरपालिकाको स्थापना एउटा दीर्घकालिन सोच “व्यवसायिक, औद्योगिक तथा बहुसांस्कृतिक समुन्नत नमुना शहर पाटन” का साथ २०७१/०८/१६ सालमा महाकाली अञ्चलको बैतडी जिल्लाको पाटनमा भएको हो र मिति २०७१/०८/१६गते देखि नै पाटन नगरपालिका हुन गएको हो । यो समुद्री सतहदेखि २४३९ देखि ६९३६ फीट (११३४ मि . देखि २००० मि. ) को उचाइँमा र काठमाडौँ देखि ८३३.३ कि. मि.को दूरीमा स्थित रहेको छ । पाटन नगरपालिकामा कूल १० वडा रहेका छन् । २१९.२६ वर्ग कि.मि.को क्षेत्रफलमा फैलिएको पाटन नगरपालिकाको भु–आकृतिक स्वरुप करिब मध्य पहाडी र पहाडी भूभाग रहेको छ भने यसको पूर्वमा सिगास गाउँपालिका , पश्चिममा द.न.पा / मे.न.पा , उत्तर मा सुर्नाया गा.पा / दोगाडा केदार र दक्षिणमा डडेल्धुरा जिल्ला रहेको छ । यसको शालाखाला अधिकतम तापक्रम ३३ - ३७ डिग्री र न्यूनतम तापक्रम चिसो मौसम मा २ डिग्री सम्म रहेको पाइन्छ । साल २०६८ को तथ्यांक अनुसार यस नगरपालिकाको कुल जनसंख्या ३०४३५ रहेको छ भने यस क्षेत्रको जनसंख्या वृद्धिदर १.३५ अनुमानित गरिएको छ । प्रमुख चाडपर्व स्थानीय स्तरमा बसोबास गर्ने विभिन्न जात जाती तथा समुदायका मानिसहरुको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाड पर्व मनाउने गरिन्छ । जस्तैः दशैं, तिहार, माघि, होली, गौरा, औल्के, मागे संक्रान्ति, कृष्ण जन्माष्टमि, बकर इद, उल इद फितर, आइतबारी, छठपर्व, बुद्ध जयन्ती, क्रिष्मस यहाँका प्रमुख चाड पर्वको रुपमा रहेको पाइन्छ । []

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पाटन नगरपालिकाको कुल जनसङ्ख्या २९,२३० रहेको छ भने यहाँ ६,४४२ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
  4. https://patanmun.gov.np/

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]