सामग्रीमा जानुहोस्

सप्तकोशी नदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(कोशी नदीबाट अनुप्रेषित)
कोशी
सप्तकोशी (Saptakoshi)
नेपालमा सुख्खा याममा भोटेकोशी नदीको दृश्य
स्थान
Countryचीन
Stateसिगात्से
Regionतिब्बत
भौतिक विषेशताहरू
मुख 
 •  स्थान
कुर्सेला नजिक
लम्बाइ720 units?
जलाधारका विशेषताहरू
सहरहरूबिराटनगर,इटहरी

सप्तकोशी नदी चीनको हृवाङहो नदी पछि तिब्र गतिमा बग्ने बिश्वको दोस्रो ठूलो नदी हो । कोशी नदी नेपालको सबैभन्दा ठूलो नदी हो। यसका सहायक नदीहरूमा अरूण, तमोर, सुनकोशी, भोटेकोशी, लिखु, तामाकोशी, इन्द्रावती पर्दछन।

सात वटा मुख्य सहायक नदी मिलेर बनेको हुनाले यसलाई सप्तकोशी पनि भनिन्छ। हिमालयबाट उत्पत्ति भएका यी सहायक नदीहरू महाभारत पर्वत श्रेणीको तल्लो भागमा सम्मिश्रित भई सप्तकोशीको रूपमा सुनसरी जिल्लाको चतरा गल्छीबाट तराईको समथर क्षेत्रमा प्रवेश गर्दछ। नेपालको लौकही र हनुमाननगर गाविसको बीचमा बनेको कोशी बाँध पार गरेर यो नदी भारत प्रवेश गर्दछ र भारतको विहार राज्यको कर्सेला घाटमा ग‌ंगा नदीमा मिल्दछ। वर्षायाममा बाढी आउँदा आसपासका क्षेत्रमा डुबान पार्ने भएकाले यसलाई "विहारको दुःख" पनि भन्ने गरिन्छ।

नदीको प्रभाव र भूगोल

[सम्पादन गर्नुहोस्]
लौकही र हनुमाननगर गाविसको बीचमा बनेको कोशी बाँध

आफ्नो भौगोलिक स्वरूपमा यो नदीले पछिल्ला २५० वर्षहरूमा १२० किमीको क्षेत्र विस्तार गरिसकेको छ। हिमालयका अग्ला पहाडहरूबाट विभिन्न प्रकारले बालुवा, कंकड-पत्थर आदी बगाएर लैजाने भएकोले नदीको क्षेत्र फैलदै गइरहेको छ। यो नदीले उत्तरी बिहारका मैदानी क्षेत्रहरूलाई सिंचित पारेर उब्जाउ बनाउँछ। नेपाल र भारत दुबै देश मिलेर यो नदीमा कोशी बाँध निर्माण गरिएको छ। त्यसैगरी कोशीको बहाब नियन्त्रण गर्ने विद्यूत उत्पादन गर्ने तथा जल यातायात सञ्चालन गर्ने उद्देश्यले कोशी उच्च बाँध निर्माण गर्ने अध्ययन सुरु भएको छ। पर्यावरणविदहरूका अनुसार यसरी बाँध निर्माण गर्नु चुनौतीपुर्ण हुन सक्छ। यो नदीको बहाव यति तेज छकी र यसको साथमा बगेर आउने पत्थरहरूले बाँधलाई पनि तोड्न सक्छ र यसले झनै ठुलो जोखिम निम्त्याउन सक्छ।

नदी कटानको बर्तमान अवस्था

[सम्पादन गर्नुहोस्]

उदयपुर जिल्लाको वेलका नगरपालिका वडा न. ८ डुम्रीवोट(26.82°N,87.13°E) स्थित कोशीको flood plain भित्र रहेको terrace (river deposits) निरन्तर कटान भैरहेको देखिन्छ।हाल निष्क्रिय रहेको पश्चिमी भंगालोको मुहानबाट कटान क्षेत्र करिब ५०-६० मिटर मात्र दुरीमा अवस्थित छ।हाल कोशीको जलस्तर उतार चढ़ाव भैरहेको र कटानको क्रम जारी रहेको हुंदा कोशीको उक्त पुरानो पश्चिमी भंगालो पुनः सक्रिय हुने जोखिम कायम छ।) साथै सुनसरी जिल्लाको टप्पु क्षेत्र तथा वराहक्षेत्र न.पा. को श्रीलंका टापु गरैया (26.75°N,87.079°E)को करिब ४ कि. मि. नदी तटीय क्षेत्रमा समेत terrace (river deposits) कटान भईहेको र क्रमशः पश्चिम तर्फ अग्रसर छ।जसको कारण सोमवारे,डूम्रिवोट,मसानघाट,धौरीटप्पु,चिलिया, रामनगर आदि लगायतका वस्ती जोखिममा छन।हाल कटान भई रहेको माथी उल्लेखित स्थानहरुको स्थलगत अवलोकन एबं प्राप्त सेटेलाइट imagery को अध्ययन गर्दा उक्त क्षेत्र प्राबिधिक रुपमा कोशीको बहाव क्षेत्र तथा (flood plain) भित्र परेको देखिन्छ।हाल सकृय हुन खोजेको कोशीको पुरानो भंगालोमा कारणवस तीव्र बहाव हन गएमा पथरी भन्दा माथिल्लो भूभाग (हाल तटवन्ध नभएको भूभाग) मा ठोकिन गएमा अत्यधिक कटान भई उदयपुरको तल्लो भाग तथा सप्तरीको तल्लो भाग तर्फ पस्न सक्ने सम्भावना देखिन्छ। दिर्घकालिन समाधानको उपाय हाल कटान क्षेत्र तथा त्यस भन्दा तलपट्टिको कोशीको flood plain भूभाग मानवीय बसोबास तथा अन्य गतिबिधिका लागी उपयुक्त हालको पश्चिमी तटवन्धलाई बिस्तार गरी कोशीटप्पु वन्य जन्तु आरक्ष सिमा हुदै उदयपुर जिल्लाको वेलका न पा को लालभित्ती सम्म करिव १५ कि मि थप तटवन्धमा निर्माण गर्नु वान्छ्नीय देखिन्छ।तटवन्ध निर्माणका लागी बिस्तृत बहुपक्षीय अध्ययन र बिशाल आर्थिक श्रोत जरुरी हुन्छ।यसका निम्ति नेपाल र भारतको द्विपक्षीय संयंत्र Joint committee on Koshi & Gandak Project(JCKGP) लगायत उच्चतहमा हुने कुटनैतिक/राजनीतिक संयन्त्रको बैठक/भेटघाटका अवसरमा पहल गर्नुपर्ने आवश्यकता रहेको छ।

दिर्घकालिन समाधानको उपाय

[सम्पादन गर्नुहोस्]
खुवालुङ, किराँत धर्मको एक पवित्र स्थल

हाल कटान क्षेत्र तथा त्यस भन्दा तलपट्टिको कोशीको flood plain भूभाग मानवीय बसोबास तथा अन्य  गतिबिधिका लागी उपयुक्त हालको पश्चिमी तटवन्धलाई बिस्तार गरी कोशीटप्पु वन्य जन्तु आरक्ष सिमा हुदै उदयपुर जिल्लाको वेलका न पा को लालभित्ती सम्म करिव १५ कि मि थप तटवन्धमा निर्माण गर्नु वान्छ्नीय देखिन्छ।तटवन्ध निर्माणका लागी बिस्तृत बहुपक्षीय अध्ययन र बिशाल आर्थिक श्रोत जरुरी हुन्छ।यसका निम्ति नेपाल र भारतको द्विपक्षीय संयंत्र Joint committee on Koshi & Gandak Project(JCKGP) लगायत उच्चतहमा हुने कुटनैतिक/राजनीतिक संयन्त्रको बैठक/भेटघाटका अवसरमा नेपाल पक्षवाट पहल गर्नुपर्ने आवश्यकता रहेको छ।

सहायक नदीहरू

[सम्पादन गर्नुहोस्]
  1. अरुण
  2. लिखु
  3. दुधकोशी
  4. तामाकोशी
  5. सुनकोशी
  6. तमोर
  7. इन्द्रावती

सन् २०२४ मा सुनकोशी नदी सफाइ अभियान-सिन्धुलीको गोलनजोर ग्रामीण नगरपालिका र अन्य विभिन्न एजेन्सीहरूको साझेदारीमा, अनुसन्धान तथा दिगो विकास केन्द्र नेपालद्वारा सुरु गरियो जसमा १३४ जना सहभागी भइ २४,५७५ किलो फोहोर निकालिएको थियो।[]

संरक्षित क्षेत्र

[सम्पादन गर्नुहोस्]

सगरमाथा राष्ट्रिय निकुञ्ज

[सम्पादन गर्नुहोस्]

कोशी ताप्पु वन्यजन्तु आरक्ष

[सम्पादन गर्नुहोस्]

सांस्कृतिक महत्व

[सम्पादन गर्नुहोस्]

नदी क्षत्रीय विकास

[सम्पादन गर्नुहोस्]

विद्यूत आयोजना हरू

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "Group removes 24,575 kg of plastic waste from Sunkoshi River", The Kathmandu Post, जुन २, २०२४।