कालिन्चोक गाँउपालिका
स्वरूप
(कालिञ्चोक गाउँपालिकाबाट अनुप्रेषित)
कालिन्चोक गाँउपालिका | |
---|---|
निर्देशाङ्क: २७°४७′N ८६°०४′E / 27.79°N 86.06°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | दोलखा |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• अध्यक्ष | अर्जुनप्रसाद शिवाकोटी (नेपाली काङ्ग्रेस) |
• उपाध्यक्ष | कुलबहादुर बुढाथोकी (नेकपा (माओवादी केन्द्र)) |
क्षेत्रफल | |
• जम्मा | १३२.४९ किमी२ (५१.१५ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २१,०९७ |
• घनत्व | १६०/किमी२ (४१०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०४९ |
वेबसाइट | आधिकारिक वेबसाइट |
कालिन्चोक गाँउपालिका दोलखा जिल्लाका ७ गाउँपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका लापिलाङ, लामीडाँडा, बाबरे, कालिन्चोक, सुनखानी र सुन्द्रावती गाविसहरू यसमा गाभिएका थिए।
यो गाउँपालिकामा प्रसिद्ध हिन्दू धार्मिक स्थल कालिञ्चोक भगवती मन्दिर रहेको छ। यसै धार्मिकस्थलको नामबाट यो गाउँपालिकाको नाम रहेको हो।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कालिन्चोक गाँउपालिकाको कुल जनसङ्ख्या २१,०९७ रहेको छ भने यहाँ ६,१५१ घरधुरी रहेका छन्।[२]
चित्र दिर्घा
[सम्पादन गर्नुहोस्]-
कालिञ्चोकबाट देखिने हिमालको दृष्य
-
कालिञ्चोक भगवती मन्दिर जाने केवल कार
-
कालिञ्चोकबाट देखिने दृष्य
-
कालिन्चोक मन्दिरको केबलकारबाट देखिने कुरी बजारको दृश्य
-
कालिञ्चोक भगवती मन्दिर(बि.सं. २०७९ मा)
-
घण्ट र कालिञ्चोकबाट देखिने हिमालको दृष्य
-
कालिञ्चोकबाट देखिने हिमालको दृष्य
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति