BBC News, नेपाली - होमपेज
मुख्य समाचार
लुम्बिनी: बुद्ध जन्मस्थलको दुर्दशा, जोगिएला खतराको सूचीमा पर्नबाट?
बुद्ध जन्मस्थललाई खतरामा परेको विश्व सम्पदा सूचीबाट जोगाउन युनेस्कोले नेपाललाई दिएको ६ महिनाको समय सकिन लागेको छ।
'सबैभन्दा ठूलो मानवसागर र धार्मिक मेला': ४५ दिन चल्ने महाकुम्भ प्रयागराजमा आरम्भ
विश्वकै सबैभन्दा ठूलो मानवसागर उपस्थित हुने कुम्भमेला भारतको प्रयागराजमा सुरु भएको छ।
लस एन्जलसको डढेलो निभाउने प्रयास हुँदैगर्दा फेरि ठूलो हुरीको चेतावनी, हालसम्म कम्तीमा २४ जनाको मृत्यु
सप्ताहान्त हावाको वेग तुलनात्मक रूपमा केही शान्त रहे तापनि सुक्खा हावासहितको निकै खराब सेन्टा एना वायु आइतवार रातिबाट बुधवारसम्म सक्रिय हुने भन्दै चेतावनी दिएका छन्।
रवि लामिछाने पुन: प्रहरी हिरासतमा
कास्की जिल्ला अदालतले धरौटी लिएर तारेखमा राख्न आदेश दिएपछि गत साता थुनामुक्त भएका पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आइतवार काठमाण्डू जिल्ला अदालतमा उपस्थित भएर बयान दिएका थिए।
जनावरले पनि एक अर्कालाई उपहार दिन्छन्
हामीलाई उपहार दिने अभ्यास मानिसहरूको मात्रै हो जस्तो लाग्नसक्छ। तर जनावरहरूले पनि आफ्ना साथी र सङ्गीहरूलाई उपहार दिने गरेको पाइन्छ।
लस एन्जलसमा शक्तिशाली हुरीमाझ पाँचौँ दिन पनि आगो निभाउने प्रयास जारी
अग्नि नियन्त्रकहरूले डढेलोलाई लस एन्जलसको एउटा विशिष्ट व्यक्तिहरू बस्ने क्षेत्रमा फैलन नदिन सम्पूर्ण प्रयास केन्द्रित गरिरहेका छन्।
ब्याङ्कको खाताबाट रकम चोरिने जोखिम कस्तो, जोगिन के गर्ने के नगर्ने
नेपाल राष्ट्र ब्याङ्कले हालै सार्वजनिक गरेको एक प्रतिवेदनमा पनि नियामक निकायहरू, ब्याङ्क तथा वित्तीय संस्थाहरू, मोबाइल वालेट सेवा सञ्चालकदेखि कानुन कार्यान्वयन गर्ने निकायसमेतले साइबर माध्यमबाट हुने आपराधिक गतिविधि रोक्न आवश्यक कदमहरू चाल्नुपर्ने सुझाव दिइएको छ।
अनि यो पनि
विश्व अर्थतन्त्रमा ट्रम्पको दोस्रो कार्यकालको प्रभाव कस्तो रहला
करका दर बढाउने डोनल्ड ट्रम्पका योजनाले सन् २०२५ मा अन्तर्राष्ट्रिय व्यापारमा व्यापक असर पार्ने अपेक्षा गरिएको छ।
भिडिओ, 'युद्धले पारेको मानसिक चोट निको पार्न चिसो पानीमा डुबुल्की', समयावधि 1,34
युक्रेनमा भइरहेको युद्धबाट जोगिन भागेर आयरल्यान्ड पुगेकी एक युवतीलाई चिकित्सकले मानसिक आघात र नयाँ ठाउँमा घुलमिल हुन खोज्दा गरेको सङ्घर्ष भुल्न नयाँ उपाय सिकाए।
भिडिओ, डाइनसोरका पाइला भएको 'सबैभन्दा ठूलो क्षेत्र' , समयावधि 1,19
सोह्र करोड ६० लाख वर्ष अघिका २०० वटा पाइतालाका डोबहरू अक्स्फर्डशरको एक चुनढुङ्गा खानी हुँदै पार भएका देखिन्छन्।
कुखुराको 'खसी' अर्थात् बधिया भाले: '२००० वर्ष पुरानो इतिहास', युरोपदेखि नेपालसम्म कस्तो चलन?
अनुसन्धानकर्ताका अनुसार कुखुरालाई 'खसी' अर्थात् बधिया बनाउने चलन २००० वर्ष पुरानो हो। युरोपदेखि नेपालसम्म भालेलाई बधिया बनाउने चलन अझै पनि छ। तर कतिपय देशमा बधिया बनाउन प्रतिबन्ध लगाइएको त्यस्तो कुखुराको मासुप्रतिको आकर्षणसँग कैयौँ चाखलाग्दा सन्दर्भहरू जोडिएका छन्।
चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वले कति चिन्ता गर्नुपर्छ
चीनमा बालबालिकामा सङ्क्रमण फैलिरहेको समाचारबीच भारतमा ह्युमन मेटान्यूमोभाइरस (एचएमपीभी)का बिरामी फेला परेपछि खास गरी कोभिड महामारीपछि पहिलोपल्ट उक्त भाइरसबारे विश्वव्यापी चासो बढेको पाइएको छ।