सामग्रीमा जानुहोस्

पोडोल्स्क

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ढाँचा:बसोबास

पोडोल्स्क शहरको एक दृष्य

पोडोल्स्क एक औद्योगिक शहर तथा मस्को ओब्लास्ट, रसियाको पोडोल्स्की जिल्लाको प्रशासनिक केन्द्र हो। यो पाख्रा नदी ( मस्को नदीको एक सहायक नदी)को तटमा अवस्थित छ। यो मस्को ओब्लास्टको सबैभन्दा ठूलो शहर हो, जसको जनसङ्ख्या १८०,९६३( सन २००२को जनगणना अनुसार) रहेको छ।

पोडोल्स्क शहरको विकास पोडोल नामको गाउँबाट भएको हो, जुन १८औं शताब्दीमा मस्कोना रहेको दानीलोभ मठ सँग सम्बद्द थियो। पोडोल्स्कको सन् १७९१मा कैथरीन द्वितीय द्वारा शहरको रूपमा मान्यता दिएका थिए। यो समयमा रूस देशमा प्रमुख जिल्लाहरू र नयाँ शहरहरूको स्थापनाका साथै नगर प्रमुखहरूको पनि नियुक्ति गरी रहेको थियो।

रूसी क्रान्ति भन्दा पहिले, पोडोल्स्क रूसको प्रमुख औद्योगिक शहरहरू मध्ये एक थियो। सिंगर नामक सिलाई मिसिनहरूको उत्पादनको कारखाना यहाँ स्थापित भएको थियो।

प्रसिद्ध उल्यानोव परिवार पोडोल्स्कमा बसोबास गर्द थिए। व्लादिमीर लेनिनले धेरै पल्ट यस शहरको भ्रमण गरेका थिए र यहाँ सम्म कि, यहाँ उनको केही जग्गा जमीन तथा एउटा घर पनि रहेको थियो। सन् १९००मा उनले पहिले नै बन्ने तयारीमा रहेको पत्रिका इस्क्रासमाचारपत्रको समर्थन जित्नको लागि मस्को र अन्य शहरहरूको सामाजिक प्रजातन्त्रवादीहरूलाई भेला पारेर पोडोल्स्कमा एक बैठकको आयोजना गरे।

१९७१ मा, पोडोल्स्कलाई श्रमको रातो ध्वजाको दर्जा द्वारा सम्मानित गरियो। सोवियत सङ्घको समयमा, पोडोल्स्क मस्को ओब्लास्टको प्रमुख औद्योगिक शहरहरू मध्य एक थियो। त्यो समय यहाँ सत्तरी भन्दा बढि कारखानाहरू सञ्चालनमा थिए र यहाँका अधिकतम नागरिकहरू यिनै कारखानाहरूमा काम गरिहेका थिए।

सन् २०००मा पोडोल्स्कको कस्बे माइक्रोयोनबाट ०.०७ मीलको दूरीमा एक प्रमुख सैन्य अड्डाको स्थापना गरियो जसको कमाण्ड हाल इगोर मिनिनको हातमा छ/ थियो।

पोडोल्स्कमा रूसी रक्षा मंत्रालयको केन्द्रीय अभिलेखालय पनि रहेको छ।