सामग्रीमा जानुहोस्

नेपालका जिल्लाहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जिल्ला
श्रेणीजिल्ला
अवस्थितिनेपाल
स्थापितवि.सं १८७२ अगाडी
सङ्ख्या७७ ( ३ असोज २०७२) मा
जनसङ्ख्या२०,४१,५८७ – ५,६५८
क्षेत्रफल७,८८९ वर्ग किलोमिटर (३,०४६ वर्ग माइल) - ११९ वर्ग किलोमिटर (४६ वर्ग माइल)
सरकारजिल्ला समन्वय समिति
उप प्रशासननगरपालिका
गाउँपालिकाहरू

नेपालका जिल्लाहरू प्रदेश पछिको दोस्रो तहको प्रशासनिक विभाजन हो। जिल्लाहरू नगरपालिकागाउँपालिकामा विभाजित छन्। नेपालमा सात प्रदेश र ७७ जिल्ला छन्।[]

नेपाल सरकार मन्त्रिपरिषद्को २०७२ भदौ ५ गतेको बैठकले नवलपरासीरुकुमलाई दुई/दुई जिल्ला बनाउने निर्णय गरेको थियो। सरकारको निर्णय अनुसार आयोगले गण्डकी प्रदेशमा पर्ने नवलपरासी (बर्दघाट सुस्ता पूर्व)लुम्बिनी प्रदेशमा पर्ने नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) गरी दुई तथा लुम्बिनी प्रदेशमा पर्ने पूर्वी रुकुम जिल्लाकर्णाली प्रदेशमा रहने पश्चिम रुकुम जिल्ला गरी कायम भएका दुई जिल्लासहित चार जिल्लामा जिल्ला समन्वय समितिको निर्वाचन गराउने निर्णय गरेको थियो।[][]

जिल्ला अधिकारीहरू

[सम्पादन गर्नुहोस्]

जिल्ला अधिकारीहरूमा निम्न समावेश छन्:

प्रमुख जिल्ला अधिकारी, गृह मन्त्रालय अन्तर्गतका एक अधिकारीलाई सरकारले जिल्लाको सर्वोच्च प्रशासकीय अधिकृतको रूपमा नियुक्त गर्दछ। स्वास्थ्य, शिक्षा, सुरक्षा र अन्य सबै सरकारी कार्यालयहरू जस्ता जिल्लाका सबै विभागहरूको उचित निरीक्षणको लागि प्रमुख जिल्ला अधिकारी जिम्मेवार रहन्छन्।

जिल्ला समन्वय समितिले जिल्ला सभाको कार्यकारीको रुपमा काम गर्दछ। जिल्ला समन्वय समितिले प्रदेश सभागाउँपालिका तथा नगरपालिकाबीच समन्वय कायम गर्न र राजनीतिक प्रकृतिका कुनै विवाद भए समाधान गर्न प्रदेश सभासँग समन्वय गर्दछ। यसले प्रदेश र सङ्घीय सरकार तथा जिल्लाका स्थानीय तहबीच समन्वय पनि कायम गरेको हुन्छ।

राजा राजेन्द्र वीरविक्रम शाह र प्रधानमन्त्री भीमसेन थापाको पालामा नेपाललाई १० जिल्लामा विभाजन गरिएको थियो।[] दुधकोशी नदीको पूर्वका सबै क्षेत्रहरू एउटै जिल्ला थिए, धनकुटा।

राणा काल (वि.सं १९४१–२००७)

[सम्पादन गर्नुहोस्]

तत्कालीन प्रधानमन्त्री वीरशम्शेर जङ्गबहादुर राणा (वि.सं १९४१–१९५५) को पालामा नेपाललाई ३२ जिल्लामा विभाजन गरिएको थियो भने डोटी, पाल्पा र धनकुटा गरी तीन गौँडा थिए। पहाडी क्षेत्रमा २० जिल्ला र तराईमा १२ जिल्ला थिए।[]

वीरशम्शेर जङ्गबहादुर राणापछि २००७ मा नेपालमा राणा शासनको अन्त्य र वि.सं २०१८ मा नेपाल अधिराज्यको नयाँ संविधान जारी नहुञ्जेलसम्म नेपाल ३२ जिल्लामा विभाजित रह्यो। प्रत्येकको जिल्लाको सदरमुकाम थियो र यसको प्रमुख बडा हकीम (जिल्ला प्रशासक) थिए। २००७ देखि २०१८ सम्म धेरै ऐन र संविधानहरू पारित भए जसमा जिल्लाहरूको नाम निम्नानुसार देखाइएको छ:[][][]

वि.सं २०१२ भन्दा अगाडीका जिल्लाहरू

[सम्पादन गर्नुहोस्]

  1. पूर्व नं. १
  2. पूर्व नं. २
  3. पूर्व नं. ३
  4. पूर्व नं. ४
  5. धनकुटा
  6. इलाम
  7. बारा
  8. महोत्तरी-सर्लाही

  1. सप्तरी
  2. विराटनगर
  3. झापा
  4. चिसापानीगढी
  5. उदयपुर
  6. पश्चिम नं. १
  7. पश्चिम नं. २
  8. पश्चिम नं. ३

  1. पश्चिम नं. ४
  2. पाल्पा
  3. प्युठान
  4. सल्यान
  5. जुम्ला
  6. दैलेख
  7. डोटी
  8. बझाङ

  1. बैतडी
  2. डडेल्धुरा
  3. पाल्ही-माझखण्ड
  4. खजानी शिवराज
  5. दाङ-देउखुरी
  6. बाँके-बर्दिया
  7. कैलाली-कञ्चनपुर
  8. काठमाडौँ उपत्येका

पञ्चायत काल (वि.सं २०१७–२०४६)

[सम्पादन गर्नुहोस्]

वि.सं २०१८ मा परम्परागत ३२ जिल्लालाई १४ अञ्चल र ७५ विकास जिल्लामा पुनर्संरचना गरिएको थियो।[]

पञ्चायती व्यवस्था (वि.सं २०१७–२०४६) को समयमा जिल्ला पञ्चायत नेपालको चार प्रशासनिक विभागहरू मध्ये एक थियो। पञ्चायतकालमा देशलाई ७५ जिल्लामा विभाजन गरिएको थियो र अहिले नवलपरासी र रुकुमलाई २ जिल्लामा विभाजन गरी २ जिल्ला थपिएको छ। अहिले जिल्लाको सङ्ख्या ७७ पुगेको छ।

जिल्ला विकास समिति (वि.सं २०४६–२०७२)

[सम्पादन गर्नुहोस्]

जिल्ला विकास समिति जिल्ला स्तरमा निर्वाचित सदस्यहरू मिलेर बनेको थियो। यसले जिल्लास्तरीय विकास नीति निर्माण गर्ने जिम्मेवारी पाएको थियो। पञ्चायती व्यवस्थाको अन्त्यपछि वि.सं २०४७ मा यसको स्थापना भएको थियो।

नयाँ प्रशासन अन्तर्गतका जिल्लाहरू

[सम्पादन गर्नुहोस्]

२०७२ असोज ३ गते देखि नेपाल ७ वटा प्रदेशमा विभाजित छ। नयाँ संविधानको अनुसूची ४ ले विद्यमान जिल्लाहरूलाई एकसाथ मिलाएर तिनीहरूलाई परिभाषित गरेको छ। दुई जिल्ला रुकुमनवलपरासीलाई दुई भागमा विभाजन गरी दुई फरक प्रदेशमा विभाजन गरिएको छ। [] पुरानो जिल्ला विकास समितिलाई जिल्ला समन्वय समितिमा बदलिएको छ।

प्रदेशहरू राजधानी जिल्लाहरू क्षेत्रफल
(किमी)
जनसङ्ख्या
(वि.सं २०७८) केन्द्रिय तथ्याङ्क विभाग
जनघनत्व
(मानिस/किमी)
मुख्य भाषाहरू
नेपाल काठमाडौँ ७७ १४७,१८१ किमी २९,१६४,५७८ १९८.१५ नेपाली
कोशी प्रदेश विराटनगर १४ २५,९०५ किमी ४,९६१,४१२ १९१.५२ नेपाली/राई/मैथिली/लिम्बू
मधेश प्रदेश जनकपुर ९,६६१ किमी ६,११४,६०० ६३२.९२ नेपाली/मैथिली/भोजपुरी
बागमती प्रदेश हेटौँडा १३ २०,३०० किमी ६,११६,८६६ ३०१.३२ भाषा/तामाङ/नेपाल भाषा
गण्डकी प्रदेश पोखरा ११ २१,७९३ किमी २,४६६,४२७ ११३.१८ नेपाली/गुरुङ/मगर
लुम्बिनी प्रदेश देउखुरी १२ १९,२७१ किमी ५,१२२,०७८ २६५.७९ नेपाली/थारू/अवधि
कर्णाली प्रदेश वीरेन्द्रनगर १० ३०,७१२ किमी १,६८८,४१२ ५४.९७ नेपाली/मगर/तामाङ
सुदूरपश्चिम प्रदेश गोदावरी १९,५३९ किमी २,६९४,७८३ १३७.९२ नेपाली/डोटेली/थारू

प्रदेश अनुसार जिल्लाहरूको सूची

[सम्पादन गर्नुहोस्]

कोशी प्रदेश

[सम्पादन गर्नुहोस्]
कोशी प्रदेशका जिल्लाहरू
नाम सदरमुकाम क्षेत्रफल (किमी) जनसङ्ख्या (वि.सं २०७८)[] आधिकारिक वेबसाइट
भोजपुर जिल्ला भोजपुर १,५०७ १५७,९२३ [१]
धनकुटा जिल्ला धनकुटा ८९१ १५०,५९९ [२]
इलाम जिल्ला इलाम १,७०३ २७९,५३४ [३]
झापा जिल्ला भद्रपुर १,६०६ ९९८,०५४ [४]
खोटाङ जिल्ला दिक्तेल १,५९१ १७५,२९८ [५]
मोरङ जिल्ला विराटनगर १,८५५ १,१४८,१५६ [६]
ओखलढुङ्गा जिल्ला सिद्धिचरण १,०७४ १३९,५५२ [७] वेब्याक मेसिन अभिलेखिकरण २०१८-१०-१८ मिति
पाँचथर जिल्ला फिदिम १,२४१ १७२,४०० [८]
सङ्खुवासभा जिल्ला खाँदबारी ३,४८० १५८,०४१ [९]
सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड ३,३१२ १०४,८५१ [१०] वेब्याक मेसिन अभिलेखिकरण २०१९-०९-०९ मिति
सुनसरी जिल्ला इनरुवा १,२५७ ९२६,९६२ [११]
ताप्लेजुङ जिल्ला फुङलिङ ३,६४६ १२०,५९० [१२]
तेह्रथुम जिल्ला म्याङलुङ ६७९ ८८,७३१ [१३]
उदयपुर जिल्ला त्रियुगा २,०६३ ३४०,७२१ [१४]
कोशी प्रदेश विराटनगर २५,९०५ किमी ४,९६१,४१२ [१५]

मधेश प्रदेश

[सम्पादन गर्नुहोस्]
मधेश प्रदेशका जिल्लाहरू
जिल्लाहरू सदरमुकाम क्षेत्रफल (किमी) जनसङ्ख्या (वि.सं २०७८)[] आधिकारिक वेबसाइट
पर्सा जिल्ला वीरगन्ज १,३५३ ६५४,४७१ [१६]
बारा जिल्ला कलैया १,१९० ७६३,१३७ [१७]
रौतहट जिल्ला गौर १,१२६ ८१३,५७३ [१८]
सर्लाही जिल्ला मलङ्गवा १,२५९ ८६२,४७० [१९]
धनुषा जिल्ला जनकपुर १,१८० ८६७,७४७ [२०]
सिराहा जिल्ला सिराहा १,१८८ ७३९,९५३ [२१]
महोत्तरी जिल्ला जलेश्वर १,००२ ७०६,९९४ [२२]
सप्तरी जिल्ला राजविराज १,३६३ ७०६,२५५ [२३]
मधेश प्रदेश जनकपुर ९,६६१ किमी ६,११४,६०० [२४] वेब्याक मेसिन अभिलेखिकरण २०१८-०४-२८ मिति

बागमती प्रदेश

[सम्पादन गर्नुहोस्]
बागमती प्रदेशका जिल्लाहरू
जिल्लाहरू सदरमुकाम क्षेत्रफल (किमी) जनसङ्ख्या (वि.सं २०७८)[] आधिकारिक वेबसाइट
सिन्धुली जिल्ला कमलामाई २,४९१ ३००,०२६ [२५]
रामेछाप जिल्ला मन्थली १,५४६ १७०,३०२ [२६]
दोलखा जिल्ला भीमेश्वर २,१९१ १७२,७६७ [२७]
भक्तपुर जिल्ला भक्तपुर ११९ ४३२,१३२ [२८]
धादिङ जिल्ला धादिङवेशी १,९२६ ३२५,७१० [२९]
काठमाडौँ जिल्ला काठमाडौँ ३९५ २,०४१,५८७ [३०]
काभ्रेपलान्चोक जिल्ला धुलिखेल १,३९६ ३६४,०३९ [३१]
ललितपुर जिल्ला ललितपुर ३८५ ५५१,६६७ [३२]
नुवाकोट जिल्ला विदुर १,१२१ २६३,३९१ [३३]
रसुवा जिल्ला धुन्चे १,५४४ ४६,६८९ [३४]
सिन्धुपाल्चोक जिल्ला चौतारा २,५४२ २६२,६२४ [३५]
चितवन जिल्ला भरतपुर २,२१८ ७१९,८५९ [३६]
मकवानपुर जिल्ला हेटौँडा २,४२६ ४६६,०७३ [३७]
बागमती प्रदेश हेटौँडा २०,३०० किमी ६,११६,८६६ [३८]

गण्डकी प्रदेश

[सम्पादन गर्नुहोस्]
गण्डकी प्रदेशका जिल्लाहरू
जिल्लाहरू सदरमुकाम क्षेत्रफल (किमी) जनसङ्ख्या (वि.सं २०७८)[] आधिकारिक वेबसाइट
बागलुङ जिल्ला बागलुङ १,७८४ २४९,२११ [३९]
गोरखा जिल्ला गोरखा ३,६११ २५१,१२७ [४०]
कास्की जिल्ला पोखरा २,११७ ६११,१५१ [४१]
लमजुङ जिल्ला बेसीसहर १,६९२ १५५,८५२ [४२]
मनाङ जिल्ला चामे २,२४६ ५,६५८ [४३]
मुस्ताङ जिल्ला जोमसोम ३,५७३ १४,४५२ [४४]
म्याग्दी जिल्ला बेनी २,२९७ ११७,१३३ [४५]
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला कावासोती १,३७१ ३७८,१७९ [४६]
पर्वत जिल्ला कुश्मा ४९४ १३१,८८७ [४७]
स्याङ्जा जिल्ला पुतलीबजार १,१६४ २५३,१२४ [४८]
तनहुँ जिल्ला दमौली १,५४६ ३२१,१५३ [४९]
गण्डकी प्रदेश पोखरा २१,७९३ किमी २,४६६,४२७ [५०]

लुम्बिनी प्रदेश

[सम्पादन गर्नुहोस्]
लुम्बिनी प्रदेशका जिल्लाहरू
जिल्ला सदरमुकाम क्षेत्रफल (किमी।) जनसङ्ख्या (वि.सं २०७८)[] आधिकारिक वेबसाइट
कपिलवस्तु जिल्ला तौलिहवा १,७३८ ६,८२,९६१ [५१]
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला रामग्राम ७९२ ३,८६,८६८ [५२]
रुपन्देही जिल्ला सिद्धार्थनगर १,३६० ११,२१,९५७ [५३]
अर्घाखाँची जिल्ला सन्धिखर्क १,१९३ १,७७,०८६ [५४]
गुल्मी जिल्ला तम्घास १,१४९ २,४६,४९४ [५५] वेब्याक मेसिन अभिलेखिकरण २०२०-०८-११ मिति
पाल्पा जिल्ला तानसेन १,३७३ २,४५,०२७ [५६]
दाङ जिल्ला घोराही २,९५५ ६,७४,९९३ [५७]
प्युठान जिल्ला प्युठान १,३०९ २,३२,०१९ [५८]
रोल्पा जिल्ला लिवाङ १,८७९ २,२४,५०६ [५९]
पूर्वी रुकुम जिल्ला रुकुमकोट १,१६१ ५६,७८६ [६०]
बाँके जिल्ला नेपालगन्ज २,३३७ ६,०३,१९४ [६१]
बर्दिया जिल्ला गुलरिया २,०२५ ४,५९,९०० [६२]
लुम्बिनी प्रदेश देउखुरी १९,२७१ किमी ५,१२२,०७८ [६३]

कर्णाली प्रदेश

[सम्पादन गर्नुहोस्]
कर्णाली प्रदेशका जिल्लाहरू
जिल्लाहरू सदरमुकाम क्षेत्रफल (किमी) जनसङ्ख्या (वि.सं २०७८)[] आधिकारिक वेबसाइट
पश्चिम रुकुम जिल्ला मुसिकोट १,७१६ १६६,७४० [६४]
सल्यान जिल्ला शारदा १,४६२ २३८,५१५ [६५]
डोल्पा जिल्ला दुनै ७,८८९ ४२,७७४ [६६]
हुम्ला जिल्ला सिमिकोट ५,६५५ ५५,३९४ [६७]
जुम्ला जिल्ला खलङ्गा २,५३१ ११८,३४९ [६८]
कालिकोट जिल्ला मान्म १,७४१ १४५,२९२ [६९]
मुगु जिल्ला गमगढी ३,५३५ ६४,५४९ [७०]
सुर्खेत जिल्ला वीरेन्द्रनगर २,४५१ ४१५,१२६ [७१]
दैलेख जिल्ला नारायण १,५०२ २५२,३१३ [७२]
जाजरकोट जिल्ला खलङ्गा २,२३० १८९,३६० [७३]
कर्णाली प्रदेश वीरेन्द्रनगर ३०,७१२ किमी १,६८८,४१२ [७४]

सुदूरपश्चिम प्रदेश

[सम्पादन गर्नुहोस्]
सुदूरपश्चिम प्रदेशका जिल्लाहरू
जिल्ला सदरमुकाम क्षेत्रफल (किमी) जनसङ्ख्या (वि.सं २०७८)[] आधिकारिक वेबसाइट
कैलाली जिल्ला धनगढी ३,२३५ ९०४,६६६ [७५]
अछाम जिल्ला मङ्गलसेन १,६८० २२८,८५२ [७६]
डोटी जिल्ला दिपायल सिलगढी २,०२५ २०४,८३१ [७७]
बझाङ जिल्ला जयपृथ्वी ३,४२२ १८९,०८५ [७८] वेब्याक मेसिन अभिलेखिकरण २०२०-०८-११ मिति
बाजुरा जिल्ला मार्तडी २,१८८ १३८,५२३ [७९]
कञ्चनपुर जिल्ला भीमदत्त १,६१० ५१३,७५७ [८०]
डडेलधुरा जिल्ला अमरगढी १,५३८ १३९,६०२ [८१]
बैतडी जिल्ला दशरथचन्द १,५१९ २४२,१५७ [८२]
दार्चुला जिल्ला खलङ्गा २,३२२ १३३,३१० [८३]
सुदूरपश्चिम प्रदेश गोदावरी १९,५३९ किमी ५१५,०६९ [८४] वेब्याक मेसिन अभिलेखिकरण २०२४-०७-२३ मिति

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ १.२ "संक्षिप्त परिचय", ddcdhankuta.gov.np (नेपालीमा), नेपाल सरकार, अन्तिम पहुँच ६ फेब्रुअरी २०१८, "..."श्री ५ राजेन्द्रविक्रम शाह र प्रधानमन्त्री भीमसेन थापाको शासनकालमा प्रशासनिक दृष्टिकोणले वि.सं.१८७३ साल पश्चात देश १० जिल्लामा विभाजन भयो।"" 
  2. "There will be 77 districts in the country: Minister Thapa", myrepublica.com, ६ अगस्ट २०१७, अन्तिम पहुँच १३ सेप्टेम्बर २०१७ 
  3. "जनसङ्ख्या", नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १० पुस २०८१ 
  4. "Government of Nepal Act 1948" 
  5. "प्रशासकीय पुनर्गठन समिति (बुच कमिशन) को प्रतिवेदन, २००९"  वेब्याक मेसिन अभिलेखिकरण २०२४-०४-१९ मिति
  6. "नेपालको जिल्ला प्रशासन पुनर्गठनको रिपोर्ट, २०१३", मूलबाट २५ जनवरी २०२२-मा सङ्ग्रहित। [स्थायी मृत कडी]
  7. "Memorial Step of King Mahendra in 1st Poush 2017 BS", reviewnepal.com, १३ डिसेम्बर २०१७, अन्तिम पहुँच ६ फेब्रुअरी २०१८, "..." "" 
  8. "There will be 77 districts in the country: Minister Thapa", myrepublica.com, ६ अगस्ट २०१७, अन्तिम पहुँच १३ सेम्टेम्बर २०१७ 
  9. ९.० ९.१ ९.२ ९.३ ९.४ ९.५ ९.६ "Population of Each Districts in Nepal", ९ अगस्ट २०२३। 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]