निधि राजदान
निधि राजदान Nidhi Razdan | |
---|---|
जन्म | [१] नयाँ दिल्ली, भारत | ११ अप्रिल १९७८
पेशा | पत्रकार, एनडीटिभी |
जीवनसाथी | नीलेश मिश्रा (विवाह २००५; सम्बन्ध-विच्छेद २००७) |
मातापिता | महाराज कृष्ण राजदान, प्रमुख सम्पादक, पीटीआइ |
निधि राजदान एक भारतीय पत्रकार र टेलिभिजन व्यक्तित्व हुन । उनी एनडीटिभी २४*७ को शो लेफ्ट, राईट र सेन्टरको प्राथमिक एङ्कर हुन्। यो कार्यक्रम साधारणतया हरेक दिन बेलुकी नयाँ दिल्ली को एउटा स्टूडियोबाट प्रत्यक्ष प्रसारित हुने गर्दछ जो कि समाचारहरु र त्यहिँ जोडिएको बहसको चर्चा गर्दछन्। १९९९बाट आफ्नो करियरको शुरुवात गरेकी निधि राजदान आफ्नो करियरमा अनेकौँ समाचार कार्यक्रमहरूको कभर गरेकी छन्, अनेकौँ श्रङ्खलाहरूको मेजबानी गरेकी छन्, र अनेकौँ पटक समाचार दृश्यबाट प्रत्यक्ष रिपोर्टिङ्ग गरेकी छन्। एनडीटिभी २४x७ एउटा अङ्ग्रेजी भाषाको टेलिभिजन नेटवर्क हो जो भारतमा समाचार र वर्तमान मामलाहरूलाई साथै आउँदछन्, जो की नयाँ दिल्ली टेलिभिजन लिमिटेडको स्वामित्वमा छन्।[२]
व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]निधि राजदान, महाराज कृष्ण राजदानको छोरी हुन्, जो कि समाचार एजेन्सीको भूतपुर्व मुख्य सम्पादक(प्रेस ट्रस्ट अफ इन्डिया)[३] हुन्। वहाँ बडगाम, कश्मीरबाट हुनुहुन्छ।[४] उनले एपीजे स्कूल, शेख साराई, नयाँ दिल्लीबाट पढाई गरेकी छन्। उनले लेडी श्रीराम कलेज फोर विमेन[५] बाट स्नातकको उपाधि प्राप्त गरी पछि भारतीय सञ्चार संस्थान, दिल्ली[६] (१९९८-१९९९) मा रेडियो र टिभी पत्रकारितामा स्नातकोत्तर डिप्लोमा गरिन। २००५ मा निधि राजदान ले नीलेश मिश्रासँग विवाह गरिन।[७] २००७ मा नीलेश मिश्रासँग उनको सम्बन्ध-विच्छेद भयो।
करियर
[सम्पादन गर्नुहोस्]राजदान एनडीटिभीमा १९९९ मा शामिल भईन र त्यहिँबाट वहाँ एक समाचार पत्रकार भईन ।[८] उनले एनडीटिभीको निम्नलिखित कार्यक्रमहरूको मेजबानी गर्छिन-
पुरस्कार
[सम्पादन गर्नुहोस्]- २०११ मा टीचर्स एसोसिएशन पुरस्कार(टीएए)[९]
- रामनाथ गोएङ्का पुरस्कार
- पत्रकारितामा उत्कृष्टताका लागि जम्मू र कश्मीर राज्य सरकारद्वारा पुरस्कार[१०]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "जन्मदिन" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-०४।
- ↑ Rohit Manchanda (25 November 2011). "TV journalist Nidhi Razdan speaks about her life and success". The Weekend Leader. Retrieved 19 August 2013.
- ↑ http://www.societymag.co.in/article/features/saluting-the-kashmiri-spirit/994[स्थायी मृत कडी]
- ↑ Left, Right and Centre: 'Nitish Kumar Should Head The Congress': Ramachandra Guha. NDTV. 12 July 2017. 18 minutes in. Retrieved 17 July 2017.
- ↑ LSR Journalism Prospectus 2012, see page "Some of Our Alumni"
- ↑ Post-Graduate Diploma Course in Radio & TV Journalism, Indian Institute of Mass Communication. Jump up ^
- ↑ "Actual romance blooms in small towns: Neelesh Misra". IndiaGlitz.com. Nov 29, 2005. Retrieved Nov 26, 2014.
- ↑ ८.० ८.१ ८.२ ८.३ "Nidhi Razdan in EMMRC and MERC". EMMRC University of Kashmir. Retrieved 19 August 2013.
- ↑ "Ronnie Screwvala & Nidhi Razdan among Teacher's Achievement Awards winners; 11th edition of awards were given away at ITC Maurya, New Delhi." Best Media Info 14 February 2012. General OneFile. Gale Document Number: GALE|A308550308
- ↑ Vijay Kumar (25 January 2010). "J&K Government announces 28 State Awards 2010 for bravery, literature, arts, Journalism, crafts". Scoop News. Archived from the original on 5 August 2014.