सामग्रीमा जानुहोस्

जुलियन असान्ज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जुलियन असान्ज
जुलियन असान्ज सन् २०१४ मा, लन्डनमा
जन्मसन् १९७१ जुलाई ३
टाउन्सभिल्ले, क्विन्सल्यान्ड, अस्ट्रेलिया
वासस्थानसंयुक्त अधिराज्य
राष्ट्रियताअस्ट्रेलियाली
मातृ शिक्षाप्रतिष्ठानकेन्द्रीय क्विन्सल्यान्ड विश्वविद्यालय
मेलबर्न विश्वविद्यालय
पेशाविकिलिक्सका प्रधान सम्पादक
गृहनगरमेलबर्न, अस्ट्रेलिया

जुलियन असान्ज (जन्म १९७१ जुलाई ३) एउटा अस्ट्रेलियाली प्रकाशक तथा पत्रकार हुन् जसले सन् २००६ मा विकिलिक्सको स्थापना गरेका थिए। विकिलिक्सले अमेरिकी सेनाको गुप्तचर विश्लेषक चेल्सी म्यानिङ,[१]बाट बगदादमा भएको अमेरिकी हवाई आक्रमणको फुटेज, अफगानिस्तान र इराक युद्धका अमेरिकी सेनाका लगहरू र अमेरिकी कूटनीतिक सञ्जालहरूको गोप्य दस्तावेज चुहावटको शृङ्खला प्रकाशित गरेपछि उनी २०१० मा अन्तर्राष्ट्रिय रूपमा चर्चामा आएका थिए। असान्जले प्रकाशन र पत्रकारिताका लागि धेरै पुरस्कार जितिसकेका छन्।

यद्यपि उनको काम असल हो कि खराब भन्ने विषयमा विश्व दुई ध्रुवमा बाँडिएको छ। अमेरिकाको संस्थापन पक्षको नीति नै असल हो भन्ने मान्नेहरूका लागि असान्ज खलनायक हुन्। कारण उनले विश्वभरि रहेका अमेरिकी दूतावासले गोप्य रूपमा पेन्टागनलाई पठाएका दस्तावेज सार्वजनिक गरिदिएका थिए। यद्यपि सूचना सार्वजनिक गर्दा उनले व्यक्तिलाई प्रत्यक्ष हानि हुने कुरालाई भने सम्पादन गरेका छन्। अमेरिकी संस्थापन पक्ष असान्जले असल पत्रकारिता नगरेको मान्दछ। अर्कातर्फ अमेरिकी संस्थापन पक्षसँग प्रत्यक्ष सरोकार नराख्ने, लोकतान्त्रिक विधिमा वकालत गर्ने एवम् विश्वमा अमेरिकी प्रभाव बढेको नरुचाउनेहरूका लागि भने असान्ज हिरो हुन्। उनीहरूको विचारमा विश्वमा कसैले झुकाउन नसकेको अमेरिकालाई झुकाउने काम अन्साज एक्लैले गरेका थिए। [२]

जुन २०२४ मा, असान्जले अमेरिकाको न्याय मन्त्रालयसँगको एउटा सम्झौतामा सहमति जनाएका थिए।[३] अदालतले उनलाई जासुसी ऐन अन्तर्गत गोप्य अमेरिकी राष्ट्रिय रक्षा कागजातहरू प्राप्त गर्ने र खुलासा गर्ने "षड्यन्त्रसम्बन्धी" एउटा मामिलामा मात्र दोषी ठहर गरेको थियो र तत्कालै उनलाई मुक्त पनि गर्ने आदेश दिएको थियो।[४][५] सम्झौताका सर्तहरू अन्तर्गत, न्याय विभागका अभियोजकहरूले उनको तत्काल रिहाइको लागि अनुमति दिने सजायको माग गरेका थिए। उनलाई म्यानिङले दिएको जानकारी नष्ट गर्न विकिलिक्सलाई निर्देशन दिन आदेश दिइएको थियो। असान्ज तुरुन्तै अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री र अमेरिकाका लागि राजदूत केभिन रुडसँग अष्ट्रेलियाको क्यानबराका लागि साइपन छोडेका थिए।[६]

चर्चा[सम्पादन गर्नुहोस्]

वर्ष सन् २०१० का पछिल्ला महिना असान्ज विश्वभरिका सञ्चार माध्यमले सबैभन्दा धेरै पटक फुकिएको वा लेखिएको नाम हो। अमेरिकी सरकारका गोप्य एवम् अति गोप्य भनिएका दस्तावेजहरू उनी प्रमुख रहेको विकिलिक्समा सार्वजनिक भएपछि अमेरिकी सरकार यति धेरै आत्तियो कि त्यसको बचाउ गर्न विदेश मन्त्री हिलारी क्लिन्टनले प्रमुख देशहरूको भ्रमण गर्नुपरेको थियो।

विरोध/ अवरोध[सम्पादन गर्नुहोस्]

साता दिनसम्म सिनेटमा अन्साजविरुद्ध कस्तो कारबाही गर्न सकिन्छ भनेर छलफल गरिएको थियो। कतिपय सिनेटले अन्साजलाई ओसामा विन लादेनजस्तै आतङ्कवादी घोषणा गर्नुपर्ने राय व्यक्त गरे भने कतिले उनलाई गोली ठोक्नुपर्ने मत राखेका थिए। अन्साजले लगातार अति गोप्य दस्तावेज सार्वजनिक गरेपछि उनीविरुद्ध बलात्कारका दुईवटा अभियोगमा मुद्दा दायर गरिएको थियो। उनलाई स्वतन्त्र बाँच्न यति कठिन भयो कि उनले आफैंले बेलायती प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। उनको साइटलाई अमेरिकी संस्थापन पक्षले धेरैपल्ट इन्टरनेट सञ्जालबाट हटाउने, उनको बैङ्क खाता बन्द गर्ने तथा विभिन्न किसिमका अप्ठयारोमा पार्न खोजे पनि उनका समर्थकहरूले ती सबै प्रयासलाई अवरुद्ध तुल्याएका थिए।

अहिले अन्साज टाइम म्यागजिनको सर्वेक्षणमा सबैभन्दा बढी मत पाउने व्यक्ति बनेका छन्। विकिलिक्सका लाखौँ सम्बन्धित साइट खोलिनुले पनि उनी कति शक्तिशाली छन् भन्ने अनुमान गर्न सकिन्छ। यद्यपि उनलाई टाइमले वर्ष व्यक्ति घाषणा गर्न सकेन। अमेरिकाबाट प्रकाशित हुने टाइम पत्रिकाले अमेरिकालाई हानि हुने दस्तावेज प्रकाशित गरेकै कारण अन्साजलाई उक्त सूचीमा नराखिएको अनुमान गरिन्छ।

अस्ट्रेलियामा जन्मिएका जुलियन अन्साजले कुनै विश्वविद्यालयमा औपचारिक अध्ययन गरेका छैनन्। १६ वर्षको उमेरमै उनी दक्ष ह्याकर बनेका थिए। कुनै पनि कम्प्युटरमा रहेको सूचना चोर्नु उनको सबैभन्दा रुचिको विषय थियो। जतिखेर उनी दक्ष ह्याकर बन्दै थिए, विश्वमा इन्टरनेट सञ्जालमा भर्खरै मात्र आएको थियो। उनी सधैँ समयभन्दा दुई पाइला अघि रहेका थिए। उनीसँग करिब अढाई लाख गोप्य पत्र रहेको सार्वजनिक भैसकेको छ।

इक्वेडर दूतावास[सम्पादन गर्नुहोस्]

दूतावासमा प्रवेश[सम्पादन गर्नुहोस्]

इक्वेडरका विदेश मन्त्री रिकार्दो पातिनो असान्जसँग १६ जुन २०१३ मा इक्वेडरको दूतावासमा।

मे २०१२ मा संयुक्त अधिराज्यको सर्वोच्च अदालतले उनीमाथि लागेका आरोपबारे सोधपुछका लागि उनलाई स्वीडन सुपुर्दगी गर्नुपर्ने आदेश दिएको थियो। जुन २०१२ मा, असान्ज लन्डनस्थित एक्वडोरको दूतावासमा प्रवेश गरेका थिए। अगस्ट २०१२ मा असान्जलाई आधिकारिक रूपमा दूतावासले शरण दिँदै दूतावासको कौसीबाट पत्रकारहरूलाई सम्बोधन गर्दै उनले आफूलाई "सन्दिग्ध व्यक्तिका रूपमा लिँदै पछि लाग्ने काम गर्न" छाडिदिन माग अमेरिकासँग गरेका थिए। फेब्रुअरी २०१६ मा संयुक्त राष्ट्रसङ्घीय एउटा समितिले असान्जलाई संयुक्त अधिराज र स्विडेनका अधिकारीहरूले "स्वेच्छाचारपूर्वक हिरासतमा" राखेको र उनलाई स्वतन्त्रता दिन आह्वान गरेको थियो। मे २०१७ मा, स्विडेनका अभियोजनकर्ताले असान्जमाथिको यौन दुर्व्यवहारको अभियोग फिर्ता लिएको घोषणा गरेका थिए। अक्टोबर २०१८ मा, असान्जलाई एक्वडोरको दूतावासले केही नियमहरू पालना गर्न लगाएको थियो। त्यसै महिना उनले एक्वडोर सरकारविरुद्ध कानुनी कारबाही सुरु गर्न लागेको खुलासा भएको थियो। उनले "मौलिक हक र स्वतन्त्रता"को उल्लङ्घन गरेको आरोप लगाउँदै कानुनी उपचार खोजेका थिए।

२०१६  अमेरिकी राष्ट्रपति चुनाव[सम्पादन गर्नुहोस्]

दूतावासमा अन्तिम समय[सम्पादन गर्नुहोस्]

दूतावासमा असान्जको निगरानी[सम्पादन गर्नुहोस्]

अप्रिल २०१९ मा लन्डन प्रहरी दूतावासभित्र प्रवेश गरेको थियो। इक्वेडर सरकारको अनुमतिमा उनलाई पक्राउ गरिएको थियो। उनलाई सन् २०१२ मा जारी गरिएको पक्राउपुर्जीका आधारमा "अदालतमा आत्मसमर्पण नगरेको" भन्दै हिरासतमा लिइएको थियो ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "USA must drop charges against Julian Assange", Amnesty International (अङ्ग्रेजीमा), अन्तिम पहुँच २१ फेब्रुअरी २०२४ 
  2. http://www.ekantipur.com/saptahik/article/?id=3224 वेब्याक मेसिन अभिलेखिकरण २०११-०१-०६ मिति
  3. ३.० ३.१ "असान्ज अस्ट्रेलिया फर्किँदै, अमेरिका प्रवेश गर्न 'निषेध': विकिलीक्स सुरु भएदेखि भएका मुख्य घटना", बीबीसी नेपाली, २०२४ जुन २६। 
  4. Yamaguchi, Mari; Richer, Alanna Durkin; Esmores, Kimberly; Tucker, Eric (२५ जुन २०२४), "WikiLeaks' Assange pleads guilty in deal with US that secures his freedom, ends legal fight", Associated Press, अन्तिम पहुँच २५ जुन २०२४ 
  5. Nakashima, Ellen; Barrett, Devlin; Weiner, Rachel (२४ जुन २०२४), "Wikileaks founder Julian Assange expected to plead guilty to felony charge", The Washington Post, अन्तिम पहुँच २५ जुन २०२४ 
  6. "Julian Assange to attend plea deal hearing in Saipan", The Washington Post, २५ जुन २०२४, अन्तिम पहुँच २५ जुन २०२४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]