अरुणाचल प्रदेश
परिचय
अरुणाचल प्रदेश पूर्वोत्तर भारतको एउटा प्रान्त हो अरुणाचलको अर्थ "उदाउदै गरेको सूर्यको पर्वत" हुन्छ। (अरूण+अचल)।
यस प्रदेशको सीमाहरु दक्षिणमा आसाम, दक्षिणपूर्वमा नागाल्याण्ड, पूर्वमा बर्मा/म्यांमार, पश्चिममा भूटान र उत्तरमा चिनको तिब्बतसँग टासिएको छ। अरुणाचल प्रदेशको एउटा भू-भागलाई चीनले आफ्नो दक्षिणी तिब्बतको भाग हो भनेर दावा गर्छ। ईटानगर यस राज्यको राजधानी हो। यस प्रदेशको मुख्य भाषा हिन्दी र असमिया हो। अङ्ग्रेजी पनि बिस्तारै लोकप्रिय हुँदैछ।
प्रसिद्ध लेडो बर्मा रोडको एउटा भाग यस राज्यबाट हुँदै जान्छ, दोस्रो विश्वयुद्धको बेला यस सडकले चीनको लागि एउटा जीवन रेखाको भूमिका खेलेको थियो।
भूगोल
अरुणाचलको धेरै जसो भाग हिमालयले ढाकिएको छ, तर लोहित, चांगलांग र तिरप पतकाई पहाडिहरुमा स्थित छन्। काँग्तो, न्येगी कांगसांग, मुख्य गोरीचन चोटी र पूर्वको गोरीचन शिखर यस क्षेत्रमा हिमालयको सबै भन्दा अग्ला शिखर हुन।
तवांगमा स्थित बुमला घाटी सन २००६ मा 44 वर्षमा पहिलो पटक ब्यापारको लागि खोलियो। दुबै तर्फको ब्यापारीहरुलाई एक अर्काको क्षेत्रमा प्रवेश गर्ने अनुमति दीईयो।
हिमालय पर्वतमालाको पूर्वी विस्तार यसलाई चीनबाट अलग गर्छ। यो पर्वतमाला नागाल्याण्डतिर फर्की गाको छ र भारत तथा बर्माको बीचमा चांगलांग र तिरप जिल्लामा एक प्राकृतिक सीमाको निर्माण गर्छ र एक प्राकृतिक बाधाको रूपमा कार्य गर्छ। यो पहाड महान हिमालयभन्दा कमै अग्लो छन्।
संस्कृति
जिल्लाहरु
अरुणाचल प्रदेशमा 16 वटा जिल्लाहरु छन -
- अंजा जिल्ला
- चेंगलॉन्ग जिल्ला
- पूर्व कमेंग जिल्ला
- पूर्व सियांग जिल्ला
- कुरुंग कुमे जिल्ला
- लोहित जिल्ला
- निचली दिबांग घाटी जिल्ला
- निचली सुबनसिरी जिल्ला
- पपुमपारे जिल्ला
- तवांग जिल्ला
- तिरप जिल्ला
- उपरी दिबांग घाटी जिल्ला
- उपरी सुबनसिरी जिल्ला
- उपरी सियांग जिल्ला
- पश्चिम सियांग जिल्ला
- पश्चिम कमेंग जिल्ला