बेसीसहर नगरपालिका नेपालको गण्डकी प्रदेशको लमजुङ जिल्लामा अवस्थित एक नगरपालिका हो। यो लमजुङ जिल्लाको सदरमुकाम तथा प्रमुख व्यापारिक केन्द्र पनि हो। बेसीसहर बजार रहेको ठाउँलाई नगरपालिकाको केन्द्र बनाइएको छ।[] यो नगरपालिका २०७१ वैशाख २५ गते घोषणा भई २०७१ जेठ १ गतेबाट कार्यन्वयनमा आएको थियो। यसलाई नगरपालिका घोषणा गर्दा बेसीसहर,उदीपुर,गाउँसहरचण्डीस्थान गाउँ विकास समितिहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा क्षेत्र विस्तार गर्दा बागलुङपानी (३,४,७-९), बाँझाखेत हिलेटक्सार(९) र चिती गाविसलाई पनि यसमा गाभिएको थियो। यस नगरपालिकामा १४ वटा वडाहरू रहेका छन्।[]

बेसीसहर नगरपालिका
बेसीसहर नगरपालिका is located in गण्डकी प्रदेश
बेसीसहर नगरपालिका
गण्डकी प्रदेशको नक्सामा बेसीसहर नगरपालिकाको अवस्थिति
बेसीसहर नगरपालिका is located in नेपाल
बेसीसहर नगरपालिका
बेसीसहर नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°१३′५२″उ ८४°२२′३९″पू / 28.23111°N 84.37750°E / 28.23111; 84.37750
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लालमजुङ
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखगुमानसिंह अर्याल (नेकपा (एमाले))
 • उपप्रमुखपदमा गुरुङ (नेकपा (एमाले))
क्षेत्रफल
 • जम्मा१२७.६४ किमी (४९.२८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३८,२३२
 • घनत्व३००/किमी (७८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०५२
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बेसीसहर नगरपालिकाको कुल जनसङ्ख्या ३८,२३२ रहेको छ भने यहाँ ११,०३८ घरधुरी रहेका छन्।[]

बेसीसहर नगरपालिकाको चित्र दीर्घा

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४ [स्थायी मृत कडी]
  4. "बेसीशहर नगरपालिकाको वडा बिभाजन र जनसङ्ख्या", जिल्ला विकास समिति, लमजुङ, अन्तिम पहुँच २०१४-०९-१५ 


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्