प्युठान नगरपालिका
प्युठान जिल्लामा अवस्थित एक नगरपालिका हो
प्युठान नगरपालिका प्युठान जिल्लाका २ नगरपालिकाहरू मध्ये एक हो।[३] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा प्युठान खलङ्गा, मरन्ठाना, दाखाक्वाडी, विजुवार, विजयनगर, धर्मावती र खैरा गाविसहरू समावेश गरिएको थियो भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा प्युठान नगरपालिका (४, ६-१७ र १९), माझकोट र जुम्रीकाँडा गाविसहरू यसमा गाभिएका थिए।
प्युठान नगरपालिका | |
---|---|
निर्देशाङ्क: २८°१४′N ८२°५९′E / 28.24°N 82.99°E | |
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | प्युठान |
स्थापित | २०७१ वैशाख २५ |
सरकार | |
• नगरप्रमुख | विष्णुबहादुर योगी (नेकपा (माओवादी केन्द्र)) |
• उपप्रमुख | देवेन्द्र बर्मा (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | १२८.९६ किमी२ (४९.७९ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ४२,१३० |
• घनत्व | ३३०/किमी२ (८५०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०८६ |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार प्युठान नगरपालिकाको कुल जनसङ्ख्या ४२,१३० रहेको छ भने यहाँ ५,५७८ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति