रामेछाप नगरपालिका
रामेछाप नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गत रामेछाप जिल्लामा अवस्थित एक नगरपालिका हो।[३][४] स्थानीय विकास मन्त्रालयले २०७१ मङ्सिर १६ मा, ६१ वटा नयाँ नगरपालिका थप्दा रामेछाप जिल्लामा रामेछाप, सुकाजोर र ओख्रेनी गरी तीन गाउँ विकास समितिहरू लाई समेटेर रामेछाप नगरपालिका घोषणा गरेको थियो भने २७ फागुन २०७३ मा क्षेत्र विस्तार गर्दा गोठगाउँ, देउराली, साँघुटार, हिमगङ्गा र रामपुर गाविसलाई पनि यसमा गाभिएको थियो।[४] रामेछाप नगरपालिकाको केन्द्रभने रामेछाप बजारमा रहेको छ।
रामेछाप नगरपालिका | |
---|---|
निर्देशाङ्क: २७°२३′N ८६°०४′E / 27.38°N 86.07°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | रामेछाप |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• नगरप्रमुख | लवश्री न्यौपाने (नेपाली काङ्ग्रेस) |
• उपप्रमुख | बालकुमारी कार्की थापा (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | २०२.४५ किमी२ (७८.१७ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २४,९७१ |
• घनत्व | १२०/किमी२ (३२०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०४८ |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार रामेछाप नगरपालिकाको कुल जनसङ्ख्या २४,९७१ रहेको छ भने यहाँ ६,६२७ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१।
- ↑ ४.० ४.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मङ्सिर।