सुसी
सुशी वा सुसी (すし, 寿司, 鮨 ) जापानी खाद्य परिकार हो । यस परिकारमा भिनेगर मिश्रित (अम्लिय) चामल 鮨飯 (सुसी-मेसी) सँग अन्य खाद्य सामग्रीहरू |ネタ निता जस्तै समुद्री खाना, मासु, शब्जी, फलफूल मिसाइएका हुन्छन् तर सबै प्रकारका सुसीको मुख्य खाद्य परिकार भने चामल しゃりवा 酢飯|सुमेसी नै हो । सुसी जस्तै अर्को परिकार सासीमी भने चामल सित पस्कन वा नपस्कन सकिन्छ र यो खानालाई चपस्टिकले नै खाइन्छ ।[१]
सुसी सेतो वा खैरो चामल सित तयार पारिन्छ । धेरै जसो काँचो समुद्री खानासँग बनाइने सुसीमा पकाइएका खाद्य सामग्रीहरू हुने गर्छन् भने धेरै शाकाहारी परिकार हुने गर्छन् । सुसी अदुवाको अचार, वासाबी (बन्दा जस्तो तरकारी), सोय सस (सोयाबिनबाट बनाइएको लेप), मुलासँग पस्किने गरिन्छ ।
इतिहास
पहिलो शैलीको सुसी (नारे जुसी) दक्षिणपूर्वी एसियामा सर्वप्रथम बनाइएको थियो । माछामा नुन हाली अम्लिय चामलमा बेरिन्थ्यो । नारे जुसी महिनौंसम्म सुरक्षित राखिन्थ्यो, अम्लिय (fermented) चामलले माछालाई कुहिनबाट बचाउँथ्यो ।[२] कुहिएको चामललाई फालिन्थ्यो भने माछाको भाग मात्र खाइन्थ्यो ।[३] यस प्रकारको सुसी जापानीहरूका लागि प्रोटिनको मुख्य स्रोत बन्न पुग्यो । सुसी शब्दको अर्थ "अमिलो स्वाददिने" भन्ने हुन्छ । नारे जुसी हाल सम्म पनि माछालाई (fermented) चामलले बेरेर बनाइन्छ, यसले माछाको प्रोटिनलाई अमिनो एसिडमा टुक्र्याउँछ : त्यसैले यसको स्वाद अमिलो बनेको हुन्छ ।[४]
सन् १३३६ देखि १५७३ जापानको मुरोमाची कालमा आएर भिनेगर पनि मिसाउन थालियो । भिनेगरले फरमेन्टेसनको प्रक्रियालाई छोटो बनायो भने स्वाद र परिकारलाई धेरै दिनसम्म राख्न मिल्ने पनि बनाउने भयो, यसले सुसीको फरमेन्टेसन प्रक्रियालाई छोटो बनाउँदै पछि फरमेन्टेसन गर्नै नपर्ने शैलीको शुरूवात भयो । अन्य शताब्दीमा ओसाकातिर ओसी जुसीको निर्माण भयो र १८ औँ शताब्दीको मध्यसम्म सुसी टोकियोसम्म पुगिसकेको थियो ।[५]
हालको सुसी भने एडो कालमा हानया योहेइद्वारा बनाइयो । हानयाले तयार पारेको सुसीलाई तत्कालाई हातैले खान सक्ने मिल्ने भयो । त्यस पूर्वका सुसिहरू अलि ठुला हुन्थे ।[५]
अक्सफोर्ड अङ्ग्रेजी शब्दकोशले सुसी शब्द सर्वप्रथम अङ्ग्रेजीमा सन् १८९३ मा अ जापानीज् इन्टेरियर मा प्रयोग भएको बताएको छ ।[६] यस अघि सन् १८७३[७] मा जापानी अङ्ग्रेजी शब्दकोशमा र सन् १८७९मा जापानी कुकरीमा प्रयोग भएको बताइएको छ ।[८]
प्रकारहरू
सुसीका विभिन्न प्रकारहरू सुसीमा प्रयोग हुने अन्य खाद्य सामग्रीले गर्दा नाम फरक हुन आएका छन् ।[९]
-
माकिजुसी
-
निगिरिजुसी
-
इनारीजुसी
-
काकिनोहाजुसी
-
निग्रि
-
सासाजुसी
सामग्रीहरू
- सुसी मेसी
- नोरी : समुद्री लेउ
- नेता
- मसलाहरू
पौष्टिक गुण
सुसीमा सामान्यत: भिटामिन, प्रोटिन, कार्बोहाइड्रेट, फ्याटी एसिडहरू पाइन्छन् ।
सन्दर्भ सामग्री
- ↑ Issenberg, Sasha. The Sushi Economy. Gotham Books: २००७
- ↑ खानाको जानकारी
- ↑ Hill, Amelia (२००७-१०-०८), "Chopsticks at dawn for a sushi showdown", London: The Guardian, अन्तिम पहुँच २५ सेप्टेम्बर २०११।
- ↑ Kouji Itou; Shinsuke Kobayashi; Tooru Ooizumi; Yoshiaki Akahane (२००६), "Changes of proximate composition and extractive components in narezushi, a fermented mackerel product, during processing", Fisheries Science ७२ (६): १२६९–१२७६, डिओआई:10.1111/j.1444-2906.2006.01285.x।
- ↑ ५.० ५.१ Zschock, Day. The Little Black Book of Sushi: The Essential Guide to the World of Sushi. Page 14-15. 2005. ISBN 1-59359-961-7.
- ↑ "Sushi", Oxford English Dictionary, Second edition, 1989; online version December 2011. Accessed 23 December 2011.
- ↑ James Curtis Hepburn, Japanese-English and English-Japanese dictionary, Publisher: Randolph, 1873, 536 pages (page 262)
- ↑ W. H. Patterson, Japanese Cookery, "Notes and queries", Publisher: Oxford University Press, 1879. (p.263)
- ↑ Kawasumi, Ken (२००१), The Encyclopedia of Sushi Rolls, Graph-Sha, आइएसबिएन 4-88996-076-7।