सामग्रीमा जानुहोस्

ब्ल्याङ्क स्पेस (टेलर स्विफ्टको गीत)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हिमाल सुबेदी (कुरा गर्नुहोस्मेरो योगदानहरू) (→‎लेखन र बनावट: नयाँ पृष्ठ सृजना गरियो) द्वारा १४:५८, ४ जनवरी २०१९को संशोधन
(अन्तर) ← पुरानो संशोधन • हालको पुनरावलोकन (अन्तर) • नयाँ संशोधन → (अन्तर)
"ब्ल्याङ्क स्पेस"
टेलर स्विफ्टको एकल
सार्वजनिक१० नोभेम्बर २०१४ (2014-11-10)
ढाँचा
  • सिडि म्युजिक
  • डिजिटल डाउनलोड
किसिमइलेकेट्रो पप
लम्बाई:५१
लेबल
गीतकार(हरू)
रेकर्ड निर्माता(हरू)
  • म्याक्स मार्टिन
  • सेलब्याक
टेलर स्विफ्ट एकल कालक्रम
"सेक इट अफ"
(२०१४)
"ब्ल्याङ्क स्पेस"
(२०१४)
"स्टाईल"
(२०१५)
साङ्गीतिक भिडियो
"ब्ल्याङ्क स्पेस" युट्युबमा हेर्नुहोस्

"ब्ल्याङ्क स्पेस" अमेरिकी गायिका-गीतकार टेलर स्विफ्ट को गीत हो जुन उनको पाँचौँ स्टुडियो एल्बम १९८९का लागि रेकर्ड गराइएको थियो। सेक इट अफ पछि यो गीत एल्बमको दोस्रो एकल रूपमा गीत १० नोभेम्बर २०१४ मा बिग मसिन रेकर्डस् र रिपब्लिक रेकर्डस् द्वारा रेडियोमा सार्वजनिक गरिएको थियो। स्विफ्टले यस गीत सेलब्याक र म्याक्स मार्टिन जस्ता गीतकारहरूको सहायतामा लेखेकी हुन्। यस गीतले स्विफ्ट र उनको प्रेमीको सम्बन्धको बर्णन गरेको छ।[]

१९८९ एल्बमको सेक इट अफले पनि बिलबोर्डको शिर्ष स्थान समाएको थियो भने ब्ल्याङ्क स्पेसले सार्वजनिक भएको तेस्रो हप्तै बिलबोर्ड हट १००को शिर्ष स्थानमा पुग्न सफल भएको थियो। स्विफ्ट बिलबोर्डको इतिहासमा ५६ वर्षपछि शिर्ष स्थानमा पुग्ने पहिलो महिला कलाकार बनेकी थिइन्। यस गीतले क्यानडा, दक्षिण अफ्रिका र अष्ट्रेलियाको चार्टमा पनि शिर्ष स्थानमा पुगेको थियो भने यस गीतले अष्ट्रिया, चेक गणतन्त्र, जर्मनी, न्युजिल्यान्ड, स्पेन र संयुक्त अधिराज्यका चार्टहरूमा शिर्ष दशमा पुग्न सफल भएको थियो।[] यो गीत सङ्गीत इतिहासकै सबैभन्दा धेरै प्रतिलिपी बिक्री गर्न सफल भएका गीतहरूमा पर्छ।

आधिकारिक सङ्गीत भिडियो जोसेफ केन द्वारा निर्देशित गरिएको थियो जसले पहिले १९८९ एल्बमको ("ब्याड ब्लड " र "वाइल्डेस्ट ड्रिम्स") दोस्रो र चौथो एकल सङ्गीत भिडियोहरू निर्देशन गरेका थिए। यस गीतको भिडियोको छायाङ्कन तीन दिन सम्म न्यूयोर्कको अोहेका दरवारमा खिचिएको थियो। न्यूयर्क सहरमा २७ अक्टोबर २०१४ अमेरिकन म्युजिक अवार्ड्समा गीतले पहिलो टेलिभिजन प्रदर्शन प्राप्त गरेको थियो।

गीतले ५८ औं ग्र्यामी पुरस्कारहरूको लागि वर्षको रेकर्ड, वर्षको उत्कृष्ट गीत र सर्वश्रेष्ठ पप एकल प्रदर्शनको लागि नामाङ्कन प्राप्त गरेको थियो।

लेखन र बनावट

चार्ट प्रस्तुति

साङ्गितिक भिडियो

अवार्ड

चार्ट

प्रमाणपत्र

सार्वजनिक इतिहास

सन्दर्भ सामग्री

  1. "टेलर स्विफ्टको ब्ल्याङ्क स्पेस", जिक्यु, (एड्भान्स पब्लिकेसन्स), अक्टोबर १५, २०१५, अन्तिम पहुँच अक्टोबर १८, २०१५ 
  2. ट्रस्ट, ग्रे (नोभेम्बर १९, २०१४), "टेलर स्विफ्टको बिलबोर्ड हट १०० इतिहास", बिलबोर्ड, अन्तिम पहुँच नोभेम्बर १९, २०१४ 

बाह्य कडीहरू