मोदनाथ प्रश्रित
मोदनाथ प्रश्रित (वि.सं. १९९९ - ) नेपाली साहित्यकार र राजनीतिक व्यक्ति हुन्। नेकपा(एमाले) सँग संबद्ध प्रश्रित वि.सं. २०५५मा शिक्षा मन्त्री भएका थिए।
जीवनी
मोदनाथको जन्म वि.सं. १९९९ असार ६ गते हर्राबोट, खिदिम, अर्घाखाँचीमा बाबु पं. घनश्याम पौडेल र आमा बालिकादेवीका सुपुत्रका रूपमा भएको हो। उनको खास नाम मोदनाथ पौडेल हो। लुम्बिनी अञ्चलको अर्घाखाँची खिदिम हर्राबोटेमा १९९९ सालमा जन्मिएका मोदनाथ प्रश्रित प्रगतिवादी साहित्य कार हुन् । संस्कृतका विद्वान् प्रश्रितले अायुर्वेदमा अाचार्य (अायुर्वेदिक डाक्टर) र नेपालीमा स्नातकोत्तर गरेका छन् । उनको थर पौडेल हो भने प्रश्रित चाहिँ उनको उपनाम हो । मानव महाकाव्य लेखेबापत उनलार्इ २०२३ सालको मदन पुरस्कार प्रदान गरिएको थियो । राजनीति, पत्रकारिता, साहित्य जस्ता क्षेत्रमा चर्चित प्रश्रीत को एक कुरुप स्वरुप शारदा भुसाल झा द्धारा लिखित आत्माकथा "धरातल" मा देख्न सकिन्छ । शारदाले यथार्थपरक शैलिमा मोदनाथले आफुलाइ सात महिना निरन्तर बलात्कार गरेको भन्दै लेख्नु भएको छ 'उसको कोठामा बिताउनु परेको सात महिना बम्बैमा बेचिएकि चेलिको भन्दा कम थिएन ।' सोही आत्माकथा अनुसार के पनि स्पष्ट हुन्छ भने मोदनाथ एक राजनितीज्ञ र साहित्यकार मात्र हैनन एक बालिकाको यौन शोषण गर्ने निर्लज्ज पाशविक बलात्कारि पनि हो ।
कृतिहरू
उनी कविता, निबन्ध, नाटक, उपन्यास तथा कथाका साथै समालोचनामा कलम चलाउँछन्। उनको काव्य सिर्जन वि.सं. २००८ सालबाटै थालिएको तथा वि.सं. २०१५ सालबाट सार्वजनिक प्रकाशनमा देखिएर अघि बढेको हो।
उनका कविता कृतिहरू:
१. आमाका आँसु (वि.सं. २०१९, कविता सङ्ग्रह)
२. बुबा खै? (वि.सं. २०२०, खण्डकाव्य)
३. मानव (वि.सं. २०२३, मदन पुरस्कार प्राप्त महाकाव्य)
४. देवासुर सङ्ग्राम (वि.सं. २०३०, महाकाव्य)
५. गोलघरको सन्देश (वि.सं. २०३९, खण्डकाव्य)
६. शहिदको रगत (वि.सं. २०३९, कविता सङ्ग्रह)
७. जब चल्छ हुरी(वि.सं. २०४९, गीत सङ्ग्रह)
८. सङ्कलित रचना भाग (१) (वि.सं. २०५८, कविता एवं गीतहरूको सङ्ग्रह)
प्रश्रितका जम्माजम्मी कविता रचनाहरूको परिमाण फुटकर कविता र गीततर्फ २३५, खण्डकाव्य २ र महाकाव्य २ छन्।
पुरस्कार
मानव महाकाव्य ग्रन्थको लागि उनले पद्य विधामा मदन पुरस्कार २०२३ प्राप्त गरेका हुन्।