सामग्रीमा जानुहोस्

पाल्पा दरबार सङ्ग्रहालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तानसेन दरवार पाल्पा जिल्लामा अवस्थित ऐतिहासिक तथा पर्यटकीय महत्वको दरवार हो । पश्चिम कमाण्डर जनरल प्रतापशमशेरले प्रशासकीय कार्य संचालन गर्न निजी प्रयोजनका लागि विसं १९६९ मा बेलायती शैलीमा बनाइएको यो दरवारमा ७-१४-२-१ रोपनी क्षेत्रफलमा फैलिएको छ । अत्यन्त आधुनिक शैलीमा बनाइएको यस दरवारमा ४ तला ६३ कोठा २ बैठक कक्ष र २ बुर्जा समेत छन् । हालसम्म पनि यो दरवारमा अधिकांश कार्याल्यहरु संचालन भई रहेका छन् ।