सामग्रीमा जानुहोस्

महाअष्टमी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नवरात्रिको आठौं दिनमा महाकाली -भद्रकाली) को विशेष पूजाआजा गरिन्छ । देवीभागवत् अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली करोडौँ योनी-शक्ति) का साथ यसै अष्टमीका दिन उत्पन्न हुनुभएको थियो । त्यसैले यस दिन उहाँको पूजा सोह्र सामग्रीले गर्ने गरिन्छ । यसको साथै यस दिन नवदुर्गा भगवतीहरू शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री आदि पार्वतीका विभिन्न स्वरूपका देवीहरूको पूजाआजा गरिन्छ । पूजापश्चात् यी देवीलाई बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिइन्छ । यी दिनहरूमा मानिसहरू आ-आˆना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि दिन्छन् । सात्विकहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन् । यसै दिन दसैँघर -हनुमानढोका) को मूल चोकमा तलेजु भवानीलाई ५४ राँगा र त्यत्ति नै बोका बलि अर्पण गरिन्छ । महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ ।


दसैं

घटस्थापना

फूलपाती


महानवमी

विजयादशमी