सामग्रीमा जानुहोस्

गियर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एक स्पर गियरद्वारा घुमिरहेको अर्को स्पर गियर।
वर्म गियर
बेभेल गियर, जब दुई शाफ्ट समानान्तर हुँदैन तब बेभेल गियरको प्रयोग हुन्छ।
र्याक तथा पिनियन गियर रोटरी चाललाई विस्थापी चाल (translatory motion) मा बदल्छ।
सन एन्ड प्लानेट गियर

गियर (gear वा cogwheel) रोटरी चालमा चल्ने मेसिनको एक अंग हो। गियरमा "दाँत " / "दाँती" बनाइएको हुन्छ जसमा अर्को गियर जोडिन्छ। यसको सहायताले एक साफ्टबाट अर्को साफ्टमा टर्क संचार गर्न सकिन्छ। गियरको सहायताले चाल, टर्क को दिशा परिवर्तन गर्न सकिन्छ। गियरको प्रयोगबाट टर्क परिवर्तन गर्न सकिन्छ र उचित गियर अनुपात मिलाएर यान्त्रिक लाभ हासिल गर्न सकिन्छ। एक आपसमा जोडिने गियरको दाँती समान आकारको हुन पर्छ। जब दुई भन्दा धेरै गियर एक आपसमा जोडिन्छ, तब यस संरचनालाई 'गियर शृंखला' (गियर ट्रेन) भनिन्छ।

गियरको प्रकार

  • स्पर गियर,
  • बिवेल गियर ,
  • हेलीकल गियर,
  • मिटर गियर,
  • हाइपोइड गियर,
  • वर्म र वर्म व्हील,
  • र्याक तथा पिनियन,
  • आन्तरिक/इन्टरनल गियर

गियर बनाउन प्रयोग गरिने धातु

  • कास्ट आयरन,
  • कास्ट स्टील,
  • एलोय स्टील,
  • माइल्ड स्टील,
  • तामा (कपर),
  • पित्तल (Brass)
  • काँस (मिश्रधातु)
  • एलुमिनियम
  • प्लास्टिक
  • नाइलन