सूर्यवंश
सूर्यवंश एक पौराणिक राजवंश मानिन्छ । हिन्दु शास्त्रहरूका अनुसार सूर्यवंश प्रमुख क्षत्रिय वंशहरूमध्ये एक हो । पौराणिक सूर्य (देवता)बाट सूर्यवंशको उत्पत्ति र नामाङ्करण भएको मानिन्छ । इक्ष्वाकु कुल सूर्यवंशकै अर्को नाम हो । सूर्यवंशबाट उत्पन्न भएका व्यक्तिहरूलाई सूर्यवंशी भनिन्छ। प्रसिद्ध रघुवंश सूर्यवंशको शाखा हो। सूयवंशको उल्लेख बाल्मीकिको रामायण, व्यास ऋषिको महाभारत र कालीदासको रघुवंशम् कृतिमा गरिएको छ।
भारतका केही राजपुतहरू र नेपालको केही क्षेत्रीहरू आफु सूर्यवंशी क्षत्रिय भएको दाबी गर्दछन् ।
पौराणिक शासकहरू
सूर्य (देवता)ले विश्वकर्माकी छोरी संज्ञाको कोखबाट वैवश्वता मनु पैदा गरेका थिए । वैवश्वता मनुको ९ छोराहरूमध्ये इक्ष्वाकु एक हुन् ।[१] प्रसिद्ध सूर्यवंशी शासकहरू
- मनु वा वैवश्वता मनु; हिन्दु पौराणिक कथा अनुसार पृथ्वीको पहिलो मानिस
- इक्ष्वाकु; पहिलो परिचित सूर्यवंशी राजा, जसले गर्दा सूर्यवंशको अर्को नाम ईक्ष्वाकु कुल/वंश पनि भएको हो ।
- राजा हरिशचन्द्र
- भागीरथ, सगर राजाका वंशज जो मेहनतका लागि प्रसिद्ध छन्
- दीलिप,
- रघु, जसबाट रघुवंश/रघुकुलको उत्पत्ति भएको मानिन्छ
- अज,
- दशरथ, अयोध्याका प्रसिद्ध रघुवंशी राजा
- राम, रामायणका केन्द्रिय चरित्र, प्रसिद्ध रघुवंशी राजा
- लव र कुश,
- शुद्धोधन, कपिलवस्तुका ऐतिहासिक शाक्य राजा
- प्रसेनजित,
- सुमित्रा; अयोध्याका अन्तिम सूर्यवंशी राजा, जसलाई ऐतिहासिक नन्द वंशका राजाले विस्थापित गरेका थिए ।
ऐतिहासिक र आधुनिक वंशज
भारतमा
भारतका राजपुत वंशजस्तै चितौडको सिसोदिया राजवंश, राठौर, कच्वाहा, पुन्दिर, मिन्हास, आदिहरू सूर्यवंशी मानिन्छन् । प्रसिद्ध सिसोदिया वंशका राजपुतहरू रघुवंशी राजा रामका छोरा लवको सन्तान भएको मान्दछन् ।[२]
नेपालमा
नेपालको राजवंश लिच्छवि वंश सूर्यवंशी भएको दाबी गर्दथे । नेपालको राणा वंश पनि सिसोदिया राजवंशको शाखा भएको दाबी गर्नाले आफुलाई सूर्यवंशी ठान्दछन् । त्यस्तै काठमाडौंका शासक मल्ल वंश, क्षेत्री जातिका खबतरी बस्नेत, बगाले थापा, आदि विभिन्न कुलहरू पनि सूर्यवंशी भएको दाबी गर्छन् ।
स्रोतहरू
- ↑ बी. बी. पालिवाल (२००५) म्यासेज अफ पुराणस
- ↑ http://www.indianrajputs.com/history/